• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

महानगर वातावरणमैत्री विकासमा अग्रसर छ : रेनु दाहाल


  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • चितवन । चितवनमा सहिद शारदा श्रेष्ठ (ऋतृ) को स्मृतिमा ३ किलोमिटर सडकलाई सहिद शारदा ऋतु मार्ग नामाकरण गरि उद्धघाटन गरिएको छ । जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण सम्पन भएपछि आज उद्धघाटन सहित सडकको दायाँबायाँ दुवै तिर वृक्षारोपण समेत शुभारम्भर गरिएको छ ।

    Advertisement

    ५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६ सय मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरि ६ मिटर चौडाईमा ६ सय मिटर पक्की पिच गरिएको फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले  जानकारी दिए ।

    भरतपुर १५ फुलबारी स्थित फुलवारी गोपालगञ्ज टोल विकास संस्था अन्तर्गत पर्ने सहिद शारदा ऋतु मार्गको एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरेकी छिन् । सो अवसरमा बोल्दै मेयर दाहालले विकासको रफ्तारमा भरतपुरले हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियान सुरू गरिसकेको बताईन् । ‘विकासमा हातेमाले आवश्यक छ’, उनले भनिन् ‘जनस्तरबाट आएको योजनालाई प्रथामिकता दिदै भरतपुरको सबै वडामा विकास एउटै रफ्तारमा छ ।’

    उनले भुगोलको हिसाबले सबैभन्दा ठुलो क्षेत्रफल भएको वडा नम्बर १५ मा यस आर्थिक बर्षमा १० करोड बजेट विनियोजन गरि विकास निर्माणलाई अगाडी बढाएको जानकारी दिईन् । उनले दिगो विकासका लागि भरतपुरमा हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियानले नयाँ फड्का मार्ने बताईन् । विकास भएर मात्र भन्दा पनि वातावरणमैत्री विकासमा यतिवेला भरतपुर अग्रसर भएको मेयर रेनुको भनाई थियो ।

    भरतपुरमा सबै क्षेत्रको सहयोग सहकार्यकै कारण महानगरको अग्रसरमा ५ सय किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भई नुमना सडक निर्माणमा महानगरले प्रथामिकता दिने काम तीव्र रुपमा अगाडी बढाएको मेयर रेनुले स्पष्ट पारिन् । आफुहरु पक्की मात्र नभई नमुना सडक निर्माण अग्रसर भएको भन्दै सडक निर्माणको गुणस्तरमा चनाखो बन्न जनतालाई आग्रह पनि उनले गरिन् ।

    यस्तै सोही वडाका वडावासी एवंम् कपिलवस्तु डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्कीले विकासलाई वतावरण जोडेर विकास गरे मात्रै त्यो दिगो बन्ने बताए । उनले दिगो विकासमा हरियाली महत्वपूर्ण हुने भन्दै हरेक सडकको दायाँबायाँ वृक्षारोपण अभियान मात्रै नभई संरक्षणमा पनि ध्यान दिन अपिल गरे । यस्तै चितवन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले वातावरणमैत्री सडक निर्माणले केहि बर्षमा भरतपुर हरियाली नमुना भरतपुरको रुपमा समेत पहिचान दिलाउने बताए ।

    फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले भरतपुर महानगरले स्थानिय जनताको मागलाई मध्यनजर गर्दै टोल टोलमा हरियालीसहितको सडक निर्माण कार्यलाई धन्यवाद दिदै थप जनमैत्री कामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा बाटो समितिका अध्यक्ष केशव अधिकारी, सहिद परिवारका अगुवा अञ्जनकुमार तिमिल्सीना, सहिद शारदाका बुबा नारायण श्रेष्ठ, सिर्जनशील आमा समृहकी अध्यक्ष भगवती अधिकारी, भरतपुर महानगरका सचिवालय सचिव गोपालकृष्ण न्यौपाने लगायतले बोलेका थिए ।

    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.