काठमाडौं – अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले जित निकाल्दै उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गरेको हो ।
उक्त खेलमा अर्जेन्टिनालाई एन्जेल डी मारियाले गोल गरी उपाधि दिलाए । उनले खेलको २२ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । डी मारियाको गोल नै निर्णायक बन्यो ।
डी मारियाले गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए । दोस्रो हाफमा ब्राजिलका फ्रेडको स्थानमा रोबर्टो फिर्मिनोलाई मैदानमा पठाए पनि गोल गर्न मुस्कील नै पर्यो । ६५ औं मिनेटमा मेस्सीले पेनाल्टी आन्ने मौका पाए । तर मेस्सीले गोल गर्न सकेनन् ।
खेलको ८७ औं मिनेटमा ब्राजिलका खेलाडीको प्रहार गोलरक्षक मार्टिनेजले सानदार तरिकाले बचाए । डी मारियाको गोलमा टिमले उपाधि जितेपछि मैदानमै सबैले तारिफ गरे । यससँगै अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई पराजित गरी उपाधि जितेको छ ।
