काठमाडौँ । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिवार बसेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यादवलाई सर्वसम्मतिले चयन गरेको हो ।
पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् ।
नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए ।
निर्वाचन आयोगले यादवले नेतृत्व गरेको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
