काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अब राजतन्त्र फर्किएर आउने सम्भावना नरहनेको बताएका छन् । शनिवार आफू पक्षीय अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
उनले नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको संविधानलाई कुल्चिन नहुने बताए । लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दै आफु अगाडि बढिरहेको बताउदै उनले कसैले तर्साउँदैमा तर्सेर भाग्ने कुरा नआउने बताए । उनले भने – ‘कसैले तर्साउँदैमा तर्सेर भाग्ने कुरा आउँदैन, मैदान छाडेर भाग्ने कुरा आउदैन। ‘
गलत कुराको सामना गरेर अघि बढ्नु पर्ने बताउदै उनले भने – ‘अरुका कुरा सुन्छौं, आलोचना पनि सुन्छौं। सहि छ भने ग्रहण गर्छौ, गलत छ भने विनम्र भएर जवाफ दिन्छौं, खण्डन गर्छौं,” उनले थपे, “निरंकुस र स्वच्छेचारी प्रवृतिलाई नियन्त्रण गर्ने हो, पार्टीलाई मर्यादाभित्र राख्ने हो।’
