काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत सुख–दुःखका साथी भएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले सो कुरा बताएका हुन् ।
नेपाल, भूटान, माल्दिभ्स सबै छिमेकी भएको बताउदै उनले सबैसँग सोच र सामाजिक चालचलन मिल्ने बताएका छन् ।
उनले लेखेका छन् – ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकी मात्रै होइन, बरु हाम्रो सोच र सामाजिक चालचलनमा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्ति आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौँ।’

