नारायणगढ जेसीजले जेसीज सप्ताह २०२१ , १७ गतेबाट शुभारम्भ गरेको छ। नारायणगढ जेसीजको आफ्नै सभा हलमा एक कार्यक्रमका बिच जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालज्युले जेसीज सप्ताहको समुद्घाटन गर्नु भयो। उक्त कार्यक्रममा जेसीआई नारायणगढको समग्र राष्ट्रिय जेसीज अभियानमा रहेको महत्वपुर्ण भुमिकाको प्रसंशा गर्दै उहाँले सप्ताह सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नारायणगढ जेसीजका अध्यक्ष सिनेटर बासुदेव दवाडीज्युको अध्यक्षतामा संचालित पहिलो दिनको कार्यक्रममा अन्तर जेसीज मैत्रीपुर्ण हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो। चितवन र नवलपुरमा रहेका विभिन्न नौ वटा शाखाहरुको सहभागिता रहेको हाजिरी जवाफमा बीस हजार जेसीजले प्रथम,रत्ननगर जेसीजले द्वितिय एंव नारायणगढ लेडी जेसीजले तृतीय स्थान हासिल गरेका थिए।
सप्ताह अन्तर्गत एक हप्तासम्म समुदायका विभिन्न क्षेत्रहरुमा केन्द्रित रहि कार्यक्रमहरु संचालन हुने जेसीज सप्ताह २०२१का संयोजक अमर घिमिरेले अनलाईन मीडिया नेटवर्कलाई जानकारी दिनुभयो ।
