• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बाबु-बाजेको पेसा अमेरिका-युरोपमा फैलाउँदै छोराछोरी


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • मध्यपुर थिमिस्थित भाटभटेनी सुपरमार्केटको ठीक अगाडि सानो गल्ली छिचोलेपछि झोलुंगे पुल देखिन्छ। पुलबाट थोरै दायाँ मोडिएपछि सिधा बाटो छ। त्यही बाटो दुई सय मिटरजति हिँडेपछि गेटमै लेखेको देखिन्छ ‘सेरा नेपाल’।

    Advertisement

    गेटभित्र रंगीबिरंगी माटाका भाँडाकुँडा सजाएको देख्न सकिन्छ। तिनको स्याहार-सम्भारमा सधैंजसो व्यस्त हुन्छिन् च्यामासिंहकी २६ वर्षीया एलिना प्रजापति।

    ग्राहकलाई थरिथरि डिजाइनका भाँडा देखाउनु उनको दैनिकी हो। उनका २३ वर्षीय भाइ विशाल पनि यहीँ खटिरहेका छन्। यी दिदीभाइले दुई वर्षयता आफ्ना बुवाको पुर्ख्यौली पेसामा साथ दिँदै आएका हुन्।

    ‘दुई वर्षअघि म र मेरो भाइले व्यवसाय विस्तार गर्ने योजना बनाएर लागेका हौं,’ एलिनाले सेतोपाटीसँग भनिन्।

    त्यसअघि उनीहरू दुवै पढाइ र जागिरमा व्यस्त थिए। माटाको भाँडा बनाउने क्षेत्रमै केही गर्नुपर्छ भन्ने नलागेको होइन। तर पढाइभन्दा बिल्कुल फरक व्यवसाय भएकाले हिम्मत गरिहाल्न कठिन भइरहेको थियो। फेरि दिदीभाइले यो उद्योग व्यवसायिक रूपमा राम्रोसँग चलेको देखेका थिएनन्।

    त्यसैले यसमा जम्नुअघि उनीहरूले बजार बुझे। अनि थाहा भयो, ‘पोटरी’ कामको सम्भावना राम्रो छ।

    ‘त्यसपछि मात्रै पुरानो पेसालाई निरन्तरता दिऊँ भन्ने सोच आएको हो,’ एलिनाले भनिन्, ‘अहिले कम्पनी र यो क्षेत्र दुवैलाई अगाडि बढाउने चाहना छ। परम्परागत सीपलाई नयाँ तरिकाबाट प्रबर्द्धन गर्ने प्रयास गरिरहेका छौं।’

    एलिना र विशाललाई बुबा रत्नप्रसादले पहिल्यैदेखि प्रोत्साहन गरिरहन्थे। रत्नप्रसादले त भाँडाकुटी खेल्ने उमेरदेखि नै भाँडा बनाउन सिकेका रहेछन्। चक्रसँग खेल्दै उनले आफ्ना बुवासँग भाँडा बनाउन सिक्दा जम्मा पाँच वर्षका थिए रे।

    पछि पेसाका रूपमा यसैलाई निरन्तरता दिए। जति पोख्त भए पनि माटाको भाँडा बनाउन सजिलो कहाँ थियो र!

    सधैं काम सघाइरहेकी रत्नप्रसादकी श्रीमती बिनाले अनुभव सुनाइन्, ‘अचेल त भनेका सामान सजिलै पाइँदैन, ऊ बेला त कुरै भएन। रातभरी परालको आगोमा भाँडा पोल्नुपर्थ्यो। विस्तारै मट्टितेल, दाउरा प्रयोगमा आयो। पछि आफैं विद्युतीय चुलो बनाएर काम गर्न थालेपछि बल्ल धुवाँ खानु परेन।’

    यति दुःखजिलो गरेर भाँडा बनाए पनि ‘सेरामिक्स’ का रूपमा त्यसको राम्रो बजार छ भन्ने रत्नप्रसादलाई पत्तो थिएन। आसपासका बजारबाहेक अन्त खासै बिक्री हुन्थेन। माटा भाँडाको न महत्व, न मूल्य!

    जेनतेन उनी आफ्नो पुर्ख्यौली पेसा धानिरहेका थिए।

    एकदिन भक्तपुर घुम्न आएका केही जर्मनहरूले उनलाई भाँडा बनाइरहेको देखेछन्। हातले चिटिक्क परेका भाँडा बनाएको देखेर उनीहरू दंग परे। केही समयपछि रत्नप्रसाद र माटाका भाँडा बनाउने अरू केहीलाई जर्मनहरूले एक परियोजनामार्फत तालिम दिए। प्रविधि प्रयोग गरेर आकर्षक सेरामिक भाँडा तथा सजावट सामग्री कसरी बनाउने भन्ने उनीहरूले सिके।

    एलिना र उनकी आमा बिना प्रजापति।
    तालिमपछि अरू देशमा सेरामिक भाँडा कसरी बनाइन्छ, बजार कस्तो छ भनेर देखाउन उनीहरूलाई थाइल्यान्ड लगियो। त्यहाँ रत्नप्रसाद सेरामिक्सको बजार देखेर चकित खाए। उनलाई आफ्नो पेसामा अझै हौसला मिल्यो।

    थाइल्यान्डबाट फर्किँदा उनले एउटा टिभी ल्याएका थिए। च्यामासिंहवासीका लागि त्यो बेला टिभी नौलो थियो। उनको सानो माटोको घर टिभी हेर्नेको घुइँचोले भत्केला जस्तो भएपछि टिभी बेचेर भाँडा बनाउने आधुनिक ह्वील किने।

    अनि दस लाख लगानी गरी आफ्नो बाबु-बाजेको पेसालाई उद्योगको रूप दिए- सेरा नेपाल।

    सन् १९८४ मा घरेलु उद्योगमा कम्पनी दर्ता गरे। विस्तारै सेरामा कर्मचारी २५ जनासम्म भए। पुर्ख्यौली सीप, जर्मनले दिएको तालिम र थाइल्यान्डको बजार अवलोकनले रत्नप्रसादलाई निखारेको थियो। उनले परम्परागत भाँडालाई आकर्षक रूप र डिजाइन दिए। उनको कला बजारले मनपरायो। होटल अन्नपूर्णबाट आएको पहिलो अर्डरबाट राम्रो आम्दानी भएपछि हौसला झन् बढेको बिनाले बताइन्।

    ‘कामको फल राम्रो आउँदा खुसी र ऊर्जा मिल्ने नै भयो,’ सेरामा सुरूदेखि कर्मचारी तथा व्यवस्थापन लगायतको पाटो सम्हालिरहेकी बिनाले भनिन्।

    यसपछि सेराले नेपालीसँगै विदेशी बजार पनि पायो। प्रजापति दम्पती प्रविधिमा घुलमिल नभएकाले सबै विदेशी माग एजेन्टमार्फत आउँथ्यो। यसरी काम गर्दा उपभोक्ता र उत्पादकबीच दुरी भइरह्यो।

    रत्नप्रसाद प्रजापति
    पछि एलिना र विशालले यो जिम्मेवारी आफ्नो काँधमा लिए। नयाँ पुस्ताले नयाँ जमानाको बजार स्वाद बुझ्छ। नभन्दै उनीहरूले फेसबुक र इन्स्टाग्राम पेज बनाएर सामग्रीका फोटा राखे। त्यसले देश र विदेशबाट प्रत्यक्ष माग आउन थाल्यो। अलि पछि त अर्डर पुर्‍याउन भ्याइनभ्याइ नै भएको एलिना बताउँछिन्।

    ‘हामी आफैंले हेर्न थालेपछि विदेशी बजारमा पहुँच बढ्यो। ग्राहकसँग प्रत्यक्ष जोडिन पायौं,’ उत्साहसाथ एलिनाले भनिन्, ‘सबभन्दा बढी माग अमेरिकाबाट आउँछ। जर्मनी, नेदरल्यान्ड्स लगायत युरोपेली मुलुकबाट पनि धेरै आउँछ। देशभित्र सेरामिकको धेरै व्यापार छैन।’

    बाजे-बराजुदेखि चल्दै आएको पेसालाई दिदीभाइ विदेशी बजारमा विस्तार गर्न लागिपरेका छन्। यसकै नतिजा स्वरूप रत्नप्रसादले दस लाखबाट सुरू गरेको कम्पनीको पुँजी बढेर पचास लाख पुगेको छ।

    सेराले आफ्नै डिजाइनका र ग्राहकको मागबमोजिम सामान बनाउँछ। विदेशको अर्डर प्रायः डिजाइनसहित हुन्छ। कोरोना महामारीयता भने बाहिरी बजार ठप्प रहेको एलिना बताउँछिन्।

    ‘कोरोनाले ९० प्रतिशत व्यापार खस्केको छ। सामाजिक सञ्जालबाट दस प्रतिशतजसो भइरहेको छ। यो पनि नभएको पूरै बन्द हुन्थ्यो,’ उनी भन्छिन्, ‘प्रविधि प्रयोगले थोरै भए पनि राहत मिलेको छ।’

    लकडाउनमा धेरैले बोटबिरूवा रोप्न थालेकाले गमलाको माग भने बढेको उनले बताइन्। एलिना र विशालले भाँडा बनाउन पनि लकडाउनकै बेला सिकेका हुन्। बन्दको सदुपयोग गर्दै सेराले ‘भर्चुअल पोटरी सेसन’ चलाएको थियो। भाँडा बनाउन सिकाउने कार्यक्रममा उत्साहजनक सहभागिता आएको एलिनाले जानकारी दिइन्।

    ‘पहिले नेपालमै बन्ने सामान पनि कस्तो महँगो भन्नु हुन्थ्यो,’ एलिनाले सेरामिक कामको दुःख बुझेपछि ग्राहकको फेरिएको प्रतिक्रियाबारे सुनाइन्, ‘आफ्नै हातले बनाएपछि यसको दुःख बुझ्नुभएको छ।’

    सबै प्रक्रिया पूरा गरेर एउटा सेरामिक भाँडा तयार हुन दुई साता लाग्छ। कुनै सामान त एक महिनै कुर्नुपर्छ। अहिले सेराले पाला, दियो, खुत्रुके, मूर्ति, गमला, कप, प्लेट जस्ता भान्साजन्य र सजावट सामग्री बनाउँछ। यिनको मूल्य ५० देखि ३५ हजार रूपैयाँसम्म पर्छ। लगानी र मेहनतका आधारमा ठूला सामानको भाउ धेरै हुन्छ।

    एलिनाका अनुसार सामान निर्यात गर्दा फाइदा धेरै हुन्छ। तर यहाँको बजारमा फाइदा कम भए पनि घाटाको व्यापार हुँदैन, ‘काँचो भाँडा फुट्यो भने फेरि बनाउन मिल्छ। चर्किएको भए मूल्य घटाएर बेच्न सकिन्छ।’

    अहिले उनीहरू महिनामा ५० हजारदेखि एक लाखसम्म कमाइ गरिरहेका छन्।

    पछिल्लो समय युवापुस्तादेखि होटल, रेस्टुरेन्ट र घरमै पनि सेरामिक भाँडामा रूचि बढेकाले बजार उक्लिँदै गएको उनीहरूको अनुभव छ। तर दक्ष जनशक्ति नहुँदा मागअनुसार उत्पादन छैन। सेरामै कर्मचारी अभाव छ।

    ‘तालिम दिएर दक्ष श्रमिक उत्पादन गर्न खोजिरहेका छौं। तर तालिम लिन आउनेमा धैर्य कम देखिन्छ। पूरा नलिई छाड्नुहुन्छ,’ एलिना भन्छिन्।

    योसँगै कच्चापदार्थ सहजै उपलब्ध नहुनु अर्को समस्या हो। सहरीकरणसँगै भाँडा बनाउन चाहिने कालो माटोको स्रोत मासिँदै छ। काठमाडौंमा त पाइनै छाडेकाले दाङदेखि ल्याउनुपर्ने उनले जानकारी दिइन्। त्यस्तै रङ लगायत कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ।

    संस्कृतिसँग जोडिएको पेसामा नयाँ पुस्ता आकर्षित गर्न र लागेकालाई प्रोत्साहन दिन राज्यले ध्यान दिनुपर्ने उनी बताउँछिन्। कच्चापदार्थ आयात भन्सार सहुलियत दिने र यो क्षेत्र पर्यटनसँग जोडिएकाले त्यतातिर पनि सोच्नुपर्ने उनको भनाइ छ।

    उनीहरू आफ्नै तवरबाट पनि यो पेसालाई मूलधारमा ल्याउने प्रयास गर्दैछन्।

    एलिना भन्छिन्, ‘हामी अहिलेसम्म हातैले सामान बनाउँछौं। मेसिनबाट बनाए माग धान्न सकिन्छ। तर यसनिम्ति लगानी बढाउनुपर्छ। यति गरेर चीनबाट भित्रिने सेरामिक सामानको बजार हिस्सा कम गर्न सके देशको रकम बाहिर जान्थेन। स्थानीय रोजगार र बजार बढ्ने थियो।’

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.