• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

टोकियो ओलम्पिकबाट जबरजस्ती फर्काउन खोजेपछि जहाज चढिनन् बेलारूसकी खेलाडी


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • जापानको टोकियोमा अहिले ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको चर्चा पनि भइरहेको छ।

    Advertisement

    ओलम्पिकमा सहभागी हुन गएकी बेलारूसकी एक जना खेलाडी भने अहिले पदकका कारण नभई राजनीतिक कारणले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिरहेकी छन्।

    बेलारूस पूर्वी युरोपको भूपरिवेष्ठित मुलुक हो। त्यहाँ २७ वर्षदेखि अलेक्जेन्डर लुकासेन्कोले तानाशाही शैलीमा शासन चलाइरहेका छन्। बेलारूसको ओलम्पिक कमिटीका अध्यक्ष तिनै लुकासेन्कोका जेठा छोरा भिक्टर लुकासेन्को छन्।

    २४ वर्षीया क्रिस्टिना तिमानोभस्काया यसपालि पहिलो पटक ओलम्पिक खेल्न गएकी थिइन्। गत शुक्रबार उनले महिलाहरूको १०० मिटरको दौडमा प्रतिष्पर्धा गरेकी थिइन्। सोमबार उनी दुई सय मिटरमा दौडिने तालिका थियो। यही बीचमा उनले आफूलाई रिले दौडमा पनि राखिएको जानकारी पाइन्। केही खेलाडीको एन्टीडोपिङ परीक्षण नगरेको भन्दै बेलारूसको ओलम्पिक कमिटीले उनलाई रिले दौडमा राखेको बतायो। आफू उक्त रिले दौडका लागि खेल्न नआएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् त्यसको विरोध गरिन्। उक्त विरोधपछि आइतबार बिहान उनका प्रशिक्षक उनको कोठामा आए र सामान प्याक गर्न भने।
    समाचार संस्था रोयटर्सका अनुसार क्रिस्टिनालाई जबरजस्ती हानिदा विमानस्थलमा पुर्‍याइयो तर उनले जहाज चढ्न अस्वीकार गरिन् र जापानी प्रहरीसँग सहयोग मागिन्।

    टोकियो ओलम्पिकमा बेलारूसका प्रमुख युरी मोइसेभिचले भने क्रिस्टिनाको शारिरीक र मानसिक अवस्थाको मूल्यांकन गरेर उनलाई फिर्ता पठाउन लागिएको बताएका छन्। क्रिस्टिनाले आफ्नो शारिरीक र मानसिक दुबै स्वास्थ्य ठीक रहेको बताएकी छन्।

    हानिदा विमानस्थलमा खिचिएको भिडिओमा उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) सँग सहयोग मागेकी छन्।आइओसीले विज्ञप्ति निकाल्दै आफ्ना स्टाफहरू क्रिस्टिनासँग सम्पर्कमा रहेको उल्लेख गर्दै उनी सुरक्षित रहेको बताएको छ।बेलारूस फर्किएपछि आफूलाई लुकासेन्को सरकारले जेल हालिदिने भन्दै क्रिस्टिनाले विदेशी मुलुकसँग शरण मागेकी छन्।बेलारूसका खेलाडीलाई सहयोग गर्ने एक संस्थाका अनुसार उनले सोमबार जर्मनी वा अष्ट्रियामा शरण माग्ने छन्। पोल्यान्डले पनि उनलाई शरण दिने बताएको छ।

    केही समयअघि आफ्ना आलोचकलाई पक्राउ गर्न बेलारूसका शासक लुकासेन्कोले जहाज नै ‘अपहरण’ गरेर आफ्नो देश ल्याएका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा बेलारूसका अधिकारीमाथि प्रश्न गर्ने क्रिस्टिनालाई अब बेलारूसले के गर्छ? र अन्तर्राष्ट्रिय समुदायले उनलाई कसरी संरक्षण गर्छ? भन्ने चासोको विषय बनेको छ।

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.