काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।
प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि अहिलेसम्म कांग्रेस सधापति शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । पार्टी भित्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकिएको छैन ।
आज माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएमा देउवाले मन्त्री विस्तार गर्नेछन् । सरकारमा माओवादीले ९ मन्त्रालय पाउने बताइएको छ । सरकारमा अहिलेसम्म देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई जन मन्त्री छन् ।
