काठमाडौँ – शनिवार टोकियो ओलम्पिक अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले इजिप्टलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा ब्राजिलको लागि माथिएस कुन्हाले गरेको गोल नै निर्णायक बन्यो ।
उनले खेलको ३७औँ मिनेटमा रिचार्लिसनको पासमा गोल गरेका हुन् । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ ।अब ब्राजिल सेमिफाइनलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
