• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

म्याद सकिएका भाटभटेनी र बिगमार्टका सामान अग्रवालको गोदाममा, तिनै सामानमा नयाँ स्टिकर टाँसेर बजार पठाउँथे


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • म्याद गुज्रेका कस्मेटिक सामानमा नयाँ मिति राखेर बेचेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्‍यो।

    Advertisement

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ सानोभर्‍याङ र वडा नम्बर २२ भोटेबहालस्थित गोदाममा छापा मारेको थियो।

    त्यो गोदाममा बडी स्प्रे, एयर फ्रेसनर, स्याम्पू तथा कार वास लगायतका म्याद गुज्रेका कस्मेटिक सामानहरू भेटिएका थिए। ती सामानमा नयाँ मिति राख्ने काम गोदाममा हुन्थ्यो।

    प्रहरीले गोदामका सञ्चालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ घर भई काठमाडौंको छाउनी बस्ने ३१ वर्षीय अविनाश अग्रवाल र म्यानेजर भारतको राजस्थान घर भई काठमाडौं सानोभर्‍याङ बस्ने ४१ वर्षीय महावीर गजुरलाई पक्राउ गरेको थियो।

    अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार अग्रवाल यो कामका मुख्य व्यक्ति हुन्। उनका एक व्यापारिक साझेदार छन्, उनी अहिले फरार छन्।

    अग्रवालको समिट इन्टरप्राइजेज नामक कम्पनी छ। समिट कम्पनीबाट सामान आयात-निर्यात गर्न थालेको चार वर्ष पुगेको छ।

    ‘उनले म्याद गुज्रेका सामानमा नयाँ स्टिकर टाँसेको कति भयो भन्ने चाहिँ खुलेको छैन, तर त्यतिकै समय भएको हुनुपर्छ,’ पंगेनीले भने।

    पंगेनीका अनुसार प्रहरीले गोदामबाट दुई करोड बराबरको सामानहरू बरामद गरेको छ। ती सामान कहाँ-कहाँ जान्थे भन्ने अनुसन्धान भइरहेको पंगेनीले बताए।

    वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबहरमहल काठमाडौंको समन्वयमा गोदाममा सिलबन्धी गरी थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

    पक्राउ परेकाहरूलाई कारबाहीको लागि विभागमा बुझाइएको छ।

    कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङका अनुसार केही समयअघिदेखि म्याद गुज्रेका कस्मेटिक सामानहरू बजारमा पठाइरहेको गुनासो आएको थियो।

    अग्रवालले भारत तथा तेस्रो मुलुकबाट कस्मेटिक सामान ल्याउने गर्थे। त्यहाँबाट ल्याइएका सामग्री म्याद गुज्रेका हुन्थे भन्ने सूचना प्रहरीलाई छ।

    ‘म्याद गुज्रेका सामानमा नयाँ स्टिकर टाँस्ने गरेको पाइएको छ,’ खापुङले भने, ‘ठूलो परिमाणमा हामीले स्टिकर बरामद गरेका छौं।’

    उनका अनुसार गोदाममा भाटभटेनी सुपरमार्केट र बिगमार्टको लोगो भएका सामान पनि फेला परेका छन्। म्याद गुज्रेपछि भाटभटेनी र बिगमार्टका सामान यी व्यापारीको गोदाममा पुगेको देखिएको छ।

    ‘ती सामानमा अग्रवालले नयाँ स्टिकर टाँस्ने गर्थे, म्याद गुज्रेको मिति मेट्ने गर्थे,’ खापुङले भने, ‘ती सुपरमार्केटका सामान उनीहरूको गोदाममा पुग्नुको पछाडि मिलेमतोको आशंका गर्न सकिन्छ।’

    अग्रवालले चीन र दुबईबाट म्याद गुज्रेका सामान सित्तैमा ल्याउँथे र भन्सार जाँचपास गराएर गोदाममा ल्याउँथे भन्ने सूचना प्रहरीलाई रहेको खापुङले बताए। तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र अनुसन्धान भइरहेको खापुङले बताए।
    भन्सार जाँचपास भएको कागजात, प्रज्ञापन पत्र लगायतको अध्ययन भइरहेको र यसबारे चाँडै केही थाहा लाग्ने खापुङ बताउँछन्।

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.