• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आरक्षणको आधार जातीय नभई वर्गीय, एउटैलाई एक पटकभन्दा बढी आरक्षण दिन नहुने सर्वोच्चको फैसला


  •   सोमबार, साउन १८, २०७८ मा प्रकाशित
  • सर्वोच्च अदालतले आरक्षणको व्यवस्था गर्दा जातीयतालाई नभइ वर्गीयतालाई आधार मानेको व्याख्या गरेको छ। भर्खरै प्रकाशित एउटा फैसलाको पूर्णपाठमा संविधानले जुनसुकै जातजाति वा समुदायका भएपनि विपन्न नागरिकका लागिमात्र आरक्षणको व्यवस्था गर्न भनेको उल्लेख छ।

    Advertisement

    जनकपुरका विनयकुमार पञ्जीयारले चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडि) तहका लागि आरक्षणको सुविधा नछुट्याइएकोले संविधान अनुसार आरक्षणकोटा निर्धारण गर्ने आदेश माग्दै सर्वोच्च अदालत गएका थिए।

    उनले गएको वर्ष दायर रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले आरक्षणको आधारबारे बोलेको हो।

    पञ्जीयारले मागेजस्तो चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा आरक्षण कोटा छुट्याउन नपर्ने सर्वोच्चले बताएको छ।

    स्नातक तहमा ४५ प्रतिशत आरक्षण सिट छुट्याइएको उल्लेख गर्दै सर्वोच्च अदालतले स्नातकोत्तर तहमा फेरि आरक्षणको सुविधा दिन नपर्ने बताएको हो।

    यस्तो आदेश गर्नु अघि उक्त इजलासले आरक्षणका बारे विश्लेषण गरेको छ। आइतबार प्रकाशित पूर्णपाठमा आरक्षणको सैद्धान्तिक अवधारणा र विभिन्न देशका प्रयोगहरूबारे पनि विश्लेषण गरिएको छ।

    सबभन्दा सुरूमा इजलासले हाम्रै संविधानको समानता सम्बन्धी धाराले के भन्न खोजेको हो भन्नेबारे चर्चा गरेको छ। धारा १८ को उपधारा (३) मा राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग,आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनेको छ।

    यसकै प्रतिबन्धात्मक वाक्यांशले भने विभिन्न आधारमा पछि पारिएका व्यक्तिको शसक्तिकरणका लागि विशेष कानुन बनाउन रोक नलगाएको भन्यो।

    ‘तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन,’ उक्त वाक्याशंमा भनिएको छ।

    यही वाक्यांशलाई आधार मानेर राज्यले शिक्षा रोजगार तथा अन्य क्षेत्रमा आरक्षणको व्यवस्था गर्दै आएको थियो। आइतबार प्रकाशित फैसलाको पूर्णपाठले भने संविधानको उक्त व्यवस्थाको व्याख्या गरेको छ।

    ‘संविधानको धारा १८ (३) को प्रतिबन्धात्मक वाक्यांशमा प्रयुक्त शब्दावली हेर्दा सो वाक्यांशले समग्रतामा जातलाई सकारात्मक विभेदको निम्ति उपयुक्त आधार नमानी वर्ग वा वर्गीयतालाई आधार बनाएको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘उदाहरणको लागि किसान श्रमिक उत्पिडित वर्ग, असहाय, जुनसुकै जातीय वा लैङ्गिक समुदायको पनि हुन सक्ने देखिन्छ। उ आदिवासी जनजाती, खस आर्य, मधेसी वा मुस्लिम जो कोही हुन सक्छ। त्यसैले जात नभइ वर्ग वा वर्गीयता सकारात्मक विभेदको आधार हो भन्ने उक्त प्रतिवन्धात्मक वाक्यांशको सामान्य अध्ययनबाट बुझिन्छ।’

    सो वाक्यमा प्रयोग भएका उत्पीडित वर्ग, पिछडावर्ग, पिछडिएको क्षेत्र, आर्थिकरूपले विपन्न भन्ने शब्दहरूले आर्थिक विपन्नताको कारण पर्ने उत्पिडन पछौटेपनलाई नै संकेत गर्ने फैसलामा उल्लेख छ। सकारात्मक विभेद मानिने आरक्षण पाउने पहिलो शर्त पछौटे पन हुनुपर्ने फैसलाले भनेको छ।

    ‘सो वाक्यमा जे जति वर्गहरू उल्लेख भएको छ त्यसले एकभन्दा बढी उत्पिडनहरूःलाई पनि जनाउँदछ। उदाहरणको लागि कोहि व्यक्ति कोही व्यक्ति दलित, अपाङ्ग, ग्रामीण कृषक महिला पनि हुन सक्छन्। त्यसैले धारा १८ (३) को प्रतिवन्धात्मक वाक्यमा उल्लिखित विभिन्न वर्गका व्यक्तिहरूको वास्तविक पछौटेपनको पहिचान सकारात्मक विभेदको पहिलो शर्त बन्छ,’ सर्वोच्च अदालतको फैसलामा भनिएको छ।

    फैसलाले आरक्षण किन दिने हो भन्नेबारेपनि बोलेको छ।

    ‘सामान्य अवस्थामा पनि सकारात्मक व्यवस्था तब जरूरी हुन्छ जब उनिहरू आफ्नो वा परिवारमात्रको प्रयास वा सामर्थ्यमा आर्थिक शैक्षिकरूपमा सक्षम व्यक्तिहरूसँग प्रतिष्पर्धा गर्न र राज्यको मूल प्रवाहमा सहभागी हुन सक्दैनन्। यसको लागि कानुनमार्फत विशेष व्यवस्था गरिनुपर्छ,’ फैसलामा भनिएको छ।

    सर्वोच्च अदालतले आरक्षण सधैँभरी राख्ने व्यवस्था नभएको पनि बताएको छ।

    ‘सकारात्मक विभेदलाई समानताकै आयाम हो भनि बुझ्दा जातीय आधारमा गरिने आरक्षणका व्यवस्थाहरूले स्थायीरूप लिन पुग्छन्। जबकी संविधानमा यी व्यवस्थाहरू ऐतिहासिकरूपमा गरिएका विभेदको क्षतिपूर्तिका लागि वा विद्यमान पछौटेपन हटाइ समानतामुलक परिस्थितिको सिर्जना गर्न राखिएका हुन्छन्,’ फैसलामा भनिएको छ,’यसको अर्थ जब क्षतिपूर्ति भइ समतामूलक परिस्थितिको सृजना गर्न राखिएका हुन्छन् तब त्यस्ता विभेदजन्य व्यवस्थाको अन्त्य गरिनुपर्छ भन्ने हो।’

    सकेसम्म शिक्षामा लगानी बढाएर गुणस्तर बढाउनुपर्ने, साँच्चै आरक्षण जसलाई चाहिएको हो त्यहाँ पुर्‍याउनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।

    ‘जबसम्म सार्वजनिक विद्यालयहरूले प्रदान गर्ने प्राथमिक र माध्यामिक तहको शिक्षाको गुणस्तर सुनिश्चित गरिँदैन, आरक्षणमा अयोग्यताको विषयलाई समेतलाई जोडि नवसम्भ्रान्त माथिल्लो तप्कालाई आरक्षणबाट बाहेक गर्ने र आरक्षणको आवश्यकतालाई व्यक्तिगत तहमा परख गरेरमात्र सुविधा वा सहुलियत उपलब्ध गराइने व्यवस्था कायम गरिँदैन आरक्षण सम्बन्धी व्यवस्था समतामुलक समाजको निर्माण गर्ने संवैधानिक परिकल्पनाको नजिक सम्म पुग्दैन,’ फैसलामा भनिएको छ, ‘बरू यो सिमित तरमारा वर्गको मोजमस्तीको विषय बन्छ। अर्थात जसलाई आरक्षण आवश्यकहुन्छ यो त्यहाँ सम्म पुग्दैन जसलाई सुविधानै नचाहिने हो उनीहरूको सेवा गर्न यो तल्लिन रहन्छ। परिणामत: समाजमा कसैको मिहिनेतको अर्थै नरहने अर्कोतर्फ कसैलाई मिहिनेत गर्न जरूरी नै नहुने स्थिति बन्न पुग्छ।’

    सकारात्मक विभेदको व्यवस्थालाई पटकपटक एकै व्यक्ति वा परिवारमा नदोहोरिने गरि कानुनी व्यवस्था हुनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।

    ‘सकारात्मक विभेदको व्यवस्थालाई पटकपटक एकै व्यक्ति वा परिवारमा नदोहोरिने गरि कानुनी व्यवस्था हुनुपर्छ। वास्तवमा नै गरिब र उपेक्षित वर्गको पहुँच, सहज उपयोगमा रहने र सकारात्मक हस्तक्षेप नचाहिने व्यक्ति परिवार वा समूहलाई क्रमश बाहेक गर्दै लैजाने व्यवस्था गरेमा मात्र यसले संविधानको लक्षलाई पछ्याउन सक्ने हुँदा सो तर्फसमेत नीति र कानुन निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ,’ फैसलामा भनिएको छ।

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.