भरतपुर : चितवनको भरतपुरमा पछिल्लो समय कांग्रेस, एमाले र राप्रपा छोडेर नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेको लहरनै चलेको छ । सोमबारमात्र कांग्रेस, राप्रपा र एमाले छाडेर भरतपुर १५ का मात्रै सयभन्दा बढी नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।
एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्र चितवनका जिल्ला अध्यक्ष यम बहादुर परियार इन्द्रजित र माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत रहनुभएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतका माओवादी नेताको उपस्थितिमा पार्टीमा प्रवेश गराइएको हो ।
कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका भरतपुर १५ सुर्यनगरका ६० वर्षका इन्द्रबहादुर गुरुङले देश विकासमा माओवादीले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको वताएका थिए । उनले भने-” ६० वर्ष अरु पाटीमा रहे अहिले भरतपुरको विकासले माओवादी केन्द्रले आकर्षण गर्यो ।” त्यसै ठाउका सुनिल लामा पनि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व र पार्टीको विचारका कारण माओवादी केन्द्रमा प्रवेश गरेको बताउछन् ।
नेपाल हेल्मो सेवा समाज वडा कमिटी सदस्य समेत रहेका कर्मसिंह लामा , ङागुर गरुङ्गम समाजका अध्यक्ष इन्द्र बहादुर गुरुङ , नेपाली कांग्रेसका क्रियाशील सदस्य सुशील लामा, सुकदेव पुन, एलिना सुनार , मन्दिर श्रेष्ठ , सीता लामा, नेकपा एमाले वडा कमिटीका सदस्य गणेश लामा सहित करिब डेढ सय जना पार्टी प्रवेश गरेको माओवादी केन्द्र चितवनले जनाएको छ ।
माओवादी प्रवेशको लहर संगै माओवादी केन्द्रको पकड जिल्लामा थप बलियो बन्दै गएको अध्यक्ष परियारको दावी छ ।
