काठमाडौँ । पूर्वप्रधानमन्त्री तगा नेता माधव कुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए ।
सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्वोधन गर्दै उनले भने, ‘कमरेडहरु सवैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्वार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’
सो क्रममा छलफलका अन्य स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शव्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
