कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ। यसका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट निति तथा कार्यक्रममा समावेश गरेको छ।
विशेष गरेर गाउँपालिकाको माथिल्लो भेग वडा नं. १ र २ का नागरिकहरुको लागि सेवा दिने गरि नयाँ एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार अब ल्याउन लागिएको एम्बुलेन्स हात्तिवाङबाट संचालन गरिने र त्यस आसपासका गाउँहरुका नागरिकहरुलाई सेवा उपलब्ध गराईनेछ।
