• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालमा पेस्तोल बेच्न हिँडेका दुई भारतीय दाङबाट पक्राउ


  •   मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
  • तीन लाखमा बिक्री गर्न खोजेको अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक दाङको देउखुरी क्षेत्रबाट पक्राउ परेका छन्।
    भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टाइप ५४ नाइन-९ एमएमको अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्।

    जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बरामद पेस्तोल नयाँ रहेको र त्यसबाट फाइरिङ भएको नदेखिएको सेतोपाटीलाई बताए।

    Advertisement

    ‘बरामद पेस्तोल बिल्कुल नयाँ हो र त्यसबाट एक फायर पनि भएको देखिएन,’ एसपी काफ्लेले भने।

    दाङका एक मानिसलाई ती भारतीय नागरिकहरूले तीन लाखमा अन्तिम डिल गरेर बिक्री गर्न आउँदै गर्दा दाङ र कपिलवस्तुको सीमाना क्षेत्र कालाकाटे भन्ने ठाउँबाट उनीहरूलाई सोमबार बेलुका पक्राउ गरिएको एसपी काफ्लेले बताए।

    ‘पक्राउ परेका व्यक्तिहरूले यसअघि पनि जिल्लामा ल्याएर हतियार बिक्री गरेको देखिन आएको छ,’ एसपी काफ्लेले भने, ‘यसपटक हतियार किन्न खोज्ने पनि अनपेक्षित व्यक्ति छन्।’

    ती व्यक्ति हाल फरार रहेको र प्रहरीले पिछा गरिरहेको एसपी काफ्लेले जानकमारी दिए।

    ‘हतिरयार किन्न खोज्ने व्यक्ति फरार छन्,’ उनले भने, ‘तर, जहाँ भागे पनि जोगिने अवस्था छैन।’

    हतियारको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको गढवा गाउँपालिका-१ जुलौरी/कालाकाँटे क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट कालाकाँटे संयुक्त प्रहरी टोलीले सोमबार बेलुका पाँच बजेतिर दुई भारतीय नागरिकलाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको थियो।

    गोप्य सूचनाको आधारमा सादा पोसाकका प्रहरीले उनीहरूलाई पक्राउ गरेका थिए। एसपी काफ्लेका अनुसार तीन लाखमा अन्तिम डिलपछि  दाङमा हतियार बिक्री गर्न आउन थालेका दुई भारतीय नागरिक सुरूमा निजी गाडीमा कालाकाँटे क्षेत्रमा आएका थिए।

    त्यो गाडी फर्केपछि उनीहरूका लागि अर्को गाडी आएको थियो। त्यही क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

    खानतलासीको क्रममा करमुल्लाह आमिरको साथबाट एउटा स्वचालित पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीले पक्राउ परेका व्यक्तिसँग भएको फोन सम्पर्कका आधारमा थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने बताएको छ।

    पक्राउ परेका व्यक्तिहरू उपर हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए।

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.