काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको हो ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
तर, मंगलबार सरकारले सो आयोग खारेज गरेको हो । योसँगै मुलुकभर रहेका सो आयोगको संरचना पनि खारेज भएको छ ।
