काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू सम्मानजनक रुपमा प्राधिकरणबाट बाहिरिन तयार रहेको संकेत गरेका छन् ।
कुलमान घिसिङलाई प्राधिकरण प्रमुख बनाउन उनको राजीनामा मागेको भनिएका बेला बुधबार पत्रकार सम्मेलन गरेर शाक्यले आफु सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत गरेका हुन् ।
सरकारले आफ्नो राजीनामा नमागेको जानकारी दिएका उनले तर, वैकल्पिक व्यवस्थाबारे भने सोधिएको जानकारी दिए । उनकाअनुसार आफूलाई वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताए ।
आफ्नो क्षमता र दक्षताअनुसारको जुन जिम्मेवारी दिएर सरकारले खटाउने काम गर्न तयार रहेको बताएका शाक्यले तर, आफू अपमानजनक तरिकाबाट प्राधिकरणबाट नबाहिरिने बताए ।
यदी सरकारले हटाएमा अदालत जाने हो भन्ने पत्रकारको प्रश्नमा उनले विकल्प दिएर काममा खटाएमा अदालत जानुपर्ने अवस्था नआउने बताएका । उनकाअनुसार विकल्प दिएर काममा खटाए अन्याय नहुने हुँदा अदातल जानुपर्ने अवस्था नै आउँदैन ।
