काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सफलरुपमा मिर्गाैला प्रत्यारोपण गरिएको छ ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार पूर्वप्रधानमन्त्री खनालको आज सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
दुवै मिर्गाैला फेल भएपछि गत असार २ गते एपोलो अस्पताल भर्ना भएका उनको बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको हो । मिर्गाैला प्रत्यारोपण गरिएका खनाल केही समय अस्पतालमै रहेर आराम गरेपछि स्वास्थ्यस्थिति सामान्य भए पश्चात नेपाल फर्किने खनालको निजी सचिवालयले जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्री खनालको मिर्गाैला प्रत्यारोपणबारे जानकारी दिँदै उनको निजी सचिवालयले खनालको आधिकारिक फेसबुक पेजमा लेखेको छ :
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू केहि समय अघिदेखि Dr. Akhil Mishra को निगरानी तथा नेतृत्वमा Apollo Hospital, Delhi, India मा उपचाररत रहनुभएकोमा आज Dr. Sandeep Guleria को सर्जरी टिमले वहाँको मृगौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न गरेको छ । अब वहाँ केहि समय अस्पतालमै रहि आराम गर्नुहुनेछ र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु हुनेछ । यस बिचमा वहाँको स्वास्थ्यप्रति चासो र चिन्ता राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीज्यूको पूर्ण स्वास्थ्यलाभको कामना सहित यो जानकारी सम्प्रेषण गर्दछौँ ।
निजी सचिवालय

