चितवन । चितवनमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएसँगै भिडभाडजन्य गतिविधिरु नगर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सुचना निकालेर भिडभाडजन्य गतिविधिरु नगर्न नगराउन आग्रह गरेको हो ।
बढ्दै गएको कोभिड संक्रमणको जोखिमलाई घटाउन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने र स्वास्थ्य मापदण्ड पालना गर्ने बाहेकको विकल्प नै नभएको सुचनामा भनिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा पनि समाजका जिम्मेवार पक्षबाट नै सभा, सम्मेलन जुलुस, धर्ना जस्ता भिडभाडजन्य गतिविधिरु बढ्दै गएको भन्दै त्यस्ता गतिविधि नगर्न/नगराउन प्रशासनले आग्रह गरेको छ ।
‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम अति उच्च रहेको जानकारी भएर पनि समाजका जिम्मेवार तथा प्रवुद्ध पक्षबाटै सभा, सम्मेलन, धर्ना जुलुस, र्यालीजस्ता भिडभाडजन्य गतिविधिरु बढ्दै गएको, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्ने प्रवृति समेत बढ्दै गएको देखिएकोले यस्ता गतिविधिरु नगर्न /नगराउन आम सर्वसाधारण समक्ष जिल्ला प्रशासन कार्यालय पुन: हार्दिक अनुरोध गर्दछ,’ सुचनामा भनिएको छ ।
