• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आयल निगम ४ अर्ब घाटामा


  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो । आव २०७१-७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको छ ।

    Advertisement

    गत पुसदेखि निरन्तर इन्धनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगमको व्यापारमा प्रत्यक्ष असर परेको छ । निगमका अनुसार पेट्रोलियम पदार्थको आयात भने १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा इन्धन आयात बढेको निगमले जनाएको छ । नेपालमा आयात हुने वस्तुमध्येमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ नै हो । निगमका अनुसार आव २०७६-७७ मा १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकामा आव २०७७-७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

    निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँले इन्धन आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कोभिडको संक्रमण नियन्त्रण गर्न लामो समयसम्म गरिएको निषेधाज्ञाको कारणले गर्दा बजारमा इन्धन खपत कम भएको थियो । यो वर्ष निषेधाज्ञा नभई निरन्तर रूपमा सवारी साधन चलेकाले पनि इन्धन आयात बढेको हो । निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ ।

    यस्तै, पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । १ खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेबापत निगमले सरकारलाई एक वर्षमा ९८ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । एक वर्षको अवधिमा निगमले पूर्वाधारमा २२ अर्ब, वातावरण शुल्क ३ अर्ब ४३ करोड, सडक मर्मत दस्तुर ५ अर्ब २५ करोड, भन्सार शुल्क ३७ अर्ब, मूल्य अभिवृद्धि कर २९ अर्ब तिरेको छ ।

    आर्थिक वर्ष २०७५-७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँबराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७४-७५ मा मुलुकले १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँबराबरको २७ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.