• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यस कारण ‘भारतविरोधी’ बनिरहेको पुस्ता


  •   शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
  • श्रावण २२, २०७८देवेन्द्र भट्टराई
    नेपाल मामिलामा साना वा ठूला घटनालाई ‘डिनाइल’, ‘डिरेल’ र ‘डिफ्युज’ गर्ने भारतीय दुराशय सधैं उस्तै छ । नेपालले पनि, दिल्लीलाई सहयोग हुने गरी, एजेन्डाहरूलाई सीधै उठाउन सधैं आनाकानी गर्दै आएको छ ।

    Advertisement

    ब्याँस, दार्चुलाका जयसिंह धामी महाकालीको भुल्कोमा मिसिएको एक साता नाघिसकेको छ । स्पष्टीकरण जसले जेजति जसरी दिए पनि यो आततायी घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रत्यक्ष संलग्नता स्पष्ट भैसकेको छ ।
    घटनाको अध्ययन–अनुसन्धानका नाममा बनाइएको टोलीको सबैभन्दा देखिने काम भनेको जयसिंह महाकाली तर्दै गरेका बेला एसएसबीले तुइन काटिदिएको देख्नेहरूलाई अहिले दार्चुला प्रहरी कार्यालयमा ल्याएर ‘थुनासरह’ निगरानीमा राख्नु भएको छ । दार्चुला जिल्ला प्रशासनले अर्को ‘देखिने काम’ गरेको छ र त्यो हो— दुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका प्रचारप्रसार नगर्नू भन्ने आदेश ।
    अरू बेला तुइनबाट महाकाली वारपार गर्ने नेपाली जनसाधारणको नुनतेल खोस्ने एसएसबीले यसपाला ३३ वर्षे सपनामुखी युवाको जीवन खोसेको छ, फौजदारी अपराधसरह । बरु व्याँस गाउँपालिकाका पदाधिकारी, शिक्षक, जनसाधारण एसएसबीको सधैंको अर्घेल्याइँबारे खुलेरै बोल्न थालिसकेका छन्, तर महाकालीमा डुबाएर मारिएका जयसिंहका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरिसक्दा पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय भने ‘पर्ख र हेर’ भनेर बसिरहेका छन् । एउटा निर्दोष नेपाली तन्नेरीमाथि भएको नृशंस व्यवहारले सिंगो देश स्तब्ध रहेका बेला र जोकोही नेपाली मन–वचनमा आक्रोशित बनिरहेका बेलासमेत दुईदेशीय सम्बन्धमा खलल पुग्ला भनेरै तिनले संयमी बनेर समय गुजारिरहेका छन् ।

    नेपाल–भारतबीचका ‘जेनियुन कन्सर्न’ लाई आवश्यकता परेका स्थान र अवसरमा सभ्य, शिष्ट र संयमी भएर राख्नै पनि पछि हट्नु नेपाली चिनारीझैं बनिसकेको छ । जेनियुन कुरामा पनि मुख लुकाउन थाल्ने र दायाँबायाँ हेर्ने प्रवृत्ति छ । आफ्नो कुरा राख्न नसक्नु वा लुकाउन चाहनु नेपालको पुरानो समस्या हो, संयन्त्रगत रोग हो । जयसिंहकै घटनामा पनि नेपाली पक्ष विमुख हुन खोजिरहेको छ र यस्तै अवस्थाले दुईदेशीय सम्बन्धलाई रसातलमा पुर्‍याउँदै लैजाने हो । अहिले नेपाल सरकारले, परराष्ट्र मन्त्रालयले यो घटनालाई ‘टेकअप’ गरिदिने हो भने मात्रै पनि जनतामा एक तहको आश्वस्तता बढ्न सक्छ । भारतले यो घटनालाई सुन्दैन होला, सरोकारमा राख्दैन होला भन्ने पूर्वधारणा राखेर हाम्रा परराष्ट्र र गृहका अधिकारीहरू भने अध्ययन प्रतिवेदनको पर्खाइमै छन् । प्रतिवेदनकै आधार, सधैंको नियति तथा जनसाधारणलाई आश्वस्त पार्नुपर्ने विषयमा सत्ताधारी कांग्रेसका सांसदहरू गगन थापा, डिला संग्रौला र पुष्पा भुसाल; माओवादीका नारायणकाजी श्रेष्ठ तथा एमालेका गणेशसिंह ठकुन्ना, विशाल भट्टराई, शेरबहादुर तामाङसहितले संसद्मै प्रश्न उठाइसकेका छन् ।

    एउटा युवाको जीवन महाकालीमा बगेको छ, कुशको शव बनाएर संस्कार गरिएको छ र घटनामा एसएसबीको संलग्नता रहेको स्पष्ट छ । जनसाधारणमा रहेको संशय र त्रासदीलाई सम्बोधन गर्नै पनि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत वा चार्ज डे अफेयर्स कसैलाई बोलाएर ‘यस्तो घटनाले दुवै देशमा अविश्वास बढाएको छ, यसमा भारतीय धारणा के हो’ भनेर सोध्नै नसक्ने होइन । ‘घटनामा संलग्न रहेको भनिएका सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउने, जयसिंहको शव खोजतलासमा सहयोग पुर्‍याउने र मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिलाउने’ भनेर स्पष्टताका साथ परराष्ट्रले तत्कालै भन्न नसक्ने हो भने दुईदेशीय ‘निकटतम मित्रता’ को के अर्थ ? यो बेला भारतले भन्ने गरेको ‘नेबर फस्ट’ को के माने ?उसो त दार्चुला क्षेत्र, महाकाली सीमावर्ती विन्दुमा देखिएका एकपछि अर्को भारतीय हेपाहा र मिचाहा प्रवृत्तिमा परराष्ट्रले तारन्तार ‘नोट’ पठाउँदा पनि नसुनिरहेको भारतका लागि एउटा जयसिंहको तुइनमा चुँडिएको जीवनको के हिसाब रहला र ? तर, दिल्ली उत्रिनासाथ वा दिल्ली केन्द्रका विज्ञहरूको सधैंजसोको ‘नेपालमा भारतविरोधी मनस्थिति किन बढेको हो ?’ भन्ने जिज्ञासामा सपाट र ठाडो जवाफ फेरि थपिएको छ । त्यो हो— तुइन चुँडाएर महाकालीमा फालिएका जयसिंह पनि अब नेपालीमाझ ‘भारतविरोधी मानसिकता’ मा मलजल गर्ने प्रतीक भएका छन् ।

    जयसिंह त अहिले आएका प्रतीक–पात्र मात्रै हुन्, २०७३ फागुन अन्तिम साता कञ्चनपुरका युवा गोविन्द गौतमको पनि एसएसबीकै गोली प्रहारबाट मृत्यु भएको थियो । त्यस बेला पनि भारतीय पक्षले ‘गोली चलेकै छैन, एसएसबीले गोली प्रहार गरेकै छैन’ भनेर ढीट गरिरह्यो ।

    पछि पोस्टमार्टम रिपोर्ट आएपछि गोली चलेको र त्यो एसएसबीसँगै रहने गोलीको ‘प्रकार’ भएको स्पष्ट भएपछि मात्रै भारत गलेको थियो । नेपालसम्बद्ध साना वा ठूला घटनालाई ‘डिनाइल’, ‘डिरेल’ र ‘डिफ्युज’ गर्ने भारतीय दुराशय सधैं उस्तै छ । नेपाल पनि — दिल्लीलाई सहयोग पुग्ने गरी — एजेन्डाहरूलाई सीधै उठाउन सधैंसधैं पछि हट्ने गरेको छ । परराष्ट्रको ‘निर्देशन’ पर्खेको दिल्लीमा रहेको नेपाली दूतावासले बारखम्बा रोडबाहिर निस्किन आवश्यक ठानेको छैन । र, काठमाडौंमा सत्ता हेरफेरसँगै राजदूत नीलाम्बर आचार्य बरु कुनै कारणले घर फर्किहाल्ने मनस्थितिमा छन् तर आँट जुटाएर जयसिंह काण्डमा कहीँ–कतै केही बोल्न सकिरहेका छैनन्, न पक्षमा न त प्रतिपक्षमै । यता परराष्ट्रमा भने विभागीय मन्त्री नरहेको र सचिवले प्रोटोकल अनुसार भारतीय राजदूतलाई ‘डिस्प्लिजर’ जनाउन नमिलेको (नसकेको) बुझाइ मात्रै व्याप्त छ ।

    ‘एन्टी–इन्डियन’ विषय र सरोकार भन्नासाथ दिल्लीमा प्राध्यापक तथा कथित थिंक–ट्यांकका केही सहयोगीहरूको टाउको दुख्ने गरेको छ । यतिखेर सम्झनैपर्ने हुन्छ— नेपाल र भारतका प्रधानमन्त्रीहरूको प्रतिबद्धता र सहमतिमा बनेको प्रबुद्ध समूह (ईपीजी) को आज हुर्मत लियो कसले ? सीमा सुरक्षा, उजुरी र गुनासो समन्वयमा परामर्श गर्न बनेको गृहसचिव–सहसचिव तहको संयन्त्र बैठकलाई तीन वर्षदेखि कसले औचित्यहीन बनायो ? माइक्रो–म्यानेजमेन्टदेखि नाकाबन्दीसम्मको अमानवीय रणनीति स्थापित गरायो कसले ?

    नेपालमा ‘एन्टी–इन्डियन’ धरातल किन बढेको हो भनेर दिल्लीमा गरिने प्रश्नको उत्तर यसको जवाफमा पनि खोज्न सकिन्छ— १ लाखभन्दा बढी ‘लोत्साम्पा’ भुटानबाट लखेटिँदै झन्डै ३५ किलोमिटर भारतीय भूमि छिचोलेर कसरी र कसको मद्दतले नेपालतर्फ धपाइए ? आज शरणार्थी समस्या समाधानको ‘ट्याग’ भिराएर यी भुटानी नागरिक अमेरिका–युरोपका एक दर्जन मुलुकमा पुगिसकेपछि बल्लतल्ल यो सवाल उब्जन थालेको छ । भुटानले ‘यी भगौडा हुन्, भुटानी होइनन्’ भनिरहेका बेला १ लाख २० हजारजति नागरिक ‘भुटानी शरणार्थी/नागरिक’ प्रमाणित भएर कसरी तेस्रो देश जान सके ? भारतको यस्तै व्यवहारका कारण नेपालीमाझ ‘एन्टी–इन्डियन’ मनोदशा गढ्दैगढ्दै गएको हो, जुन सजिलै हट्नेवाला पनि छैन ।

    महाकालीको भुल्कोमा मिसिएका जयसिंह धामीबारेको सरोकार भनेको यो कुनै दस्तावेज होइन, ईपीजी रिपोर्ट पनि होइन । उचित समय आउला, अनुसन्धान गरौंला, दुईपक्षीय विज्ञले निर्क्योल गर्लान् र मात्रै बोलौंला भनेर पर्खिरहने विषय त झन् कदापि होइन । यो ‘पब्लिक इस्यु’ बनिसकेको छ, यसकारण ‘पब्लिक्ली’ नै डिल गर्नुपर्ने हुन्छ । यो तहमा यो काम गरिएको छ, यसो हुँदै छ भनेर बोल्नैपर्ने हुन्छ । आँखासामुको यो घटनालाई आँखासामु नै ‘टेकअप’ गर्नुपर्ने हो, तर हाम्रो परराष्ट्र मन्त्रालय भने यो ज्वलन्त घटनालाई पनि ‘ईपीजी रिपोर्ट’ झैं समय कुरेरै बसिरहेको छ ।

    कुनै दिन भारतीय नेता–राजनेताको समय पाऔंला र कुरो गरौंला भनेर अनन्त पर्खाइमा छ, हाम्रो कूटनीतिक संयन्त्र । कतिसम्म भने, जयसिंह घटनालाई एउटा ‘अनफर्चुनेट इन्सिडेन्ट’ भन्दै यसमा हाम्रो ध्यानाकर्षण भएको छ भनेर भन्न वा यतिसम्म बोलाउन पनि हाम्रो संयन्त्रले सकेकै छैन, जुन लज्जास्पद स्थिति हो । दिल्लीबाट विदेशमन्त्री, सचिव वा प्रवक्ताले मात्रै यति भनेर ट्वीट गरिदिने हो भने पनि आक्रान्त बनेका हजारौं नेपाली सर्वसाधारणमा जागेको विरोध र आक्रोशमा कमी आउने थियो । तर, यो बुझबुझारथ गर्ने–गराउने कसले ? नेपाल–भारत दुईपक्षीय सरोकार धेरै अघिदेखि सँगसँगै बुझ्दै आएका भारतका पूर्व विदेश सचिव (एस. जयशंकर) अहिले विदेशमन्त्री बनेका छन्, नेपालका पूर्व परराष्ट्र सचिव (शंकर बैरागी) अहिले मुख्य सचिव बनेका छन् तैपनि कहीँ–कतै कुरा अघि बढ्नै सकेको छैन । यो हेर्दा, अहिलेको घटना पनि ‘डिनाइल’, ‘डिरेल’ र ‘डिफ्युज’ को अवस्थामा पुग्ने निश्चित छ ।

    यथार्थतः नेपाल र भारतबीच दर्जनौं घटना कचपल्टिएका छन्, पिलोझैं । ओठेबोलीमा ‘सबैभन्दा निकट’ को छिमेकी नेपालसँग सीमावर्ती मुद्दा, ईपीजी रिपोर्ट, कोभिड भ्याक्सिन आदि विषयमा संवाद–परामर्श गर्नुपरेमा ‘कोरोनाकाल’ भनेर पन्छिने भारतले अरू सबै तहका अन्तर्राष्ट्रिय संवाद र भ्रमण गर्न वा महाकालीको दशगजामा मिचाहा बनेर सडक बनाउन भने समय पाइरहेकै छ । दुई देशबीचका ‘कोर इन्ट्रेस्ट’ मा जोडिएका यस्ता थुप्रै विषय छन्, जसमा एकअर्कामा विरोधी भावना हुर्काउने–बढाउनेभन्दा पर्तिर कुनै उपलब्धि देखिएको छैन । यी यस्ता सरोकार हुन्, जसलाई जबसम्म कार्पेटमुनि छोपेर राखिन्छ, तबसम्म ‘एन्टी’ मनोदशा र मनोविज्ञान कायमै रहनेछ ।

    यिनै कार्पेटमुनिका एजेन्डाकै कारण नेपालको राजनीतिमा ‘एन्टी–इन्डियन नेसनलिजम’ ले गतिलो काम गर्दै आएको हो । सत्तामा जानुपरेमा यस्तो ‘राष्ट्रवादी’ कार्डले नेपालमा राम्रै काम गर्ने गरेको दृष्टान्त त्यति लुकेको छैन । नेपाली नेता–राजनेता र राजनीतिक दलहरू पनि भारतसँगका यस्ता केही ‘कोर–इन्ट्रेस्ट एजेन्डा’ सधैं सुल्झिएर जाऊन् भन्ने चाहँदैनन्, यो स्पष्टै देखिन्छ । तर, यो माखेसाङ्लोमाझ कार्पेटमुनि छोपिएका अन्य एजेन्डा र जयसिंह घटनालाई कसरी एउटै तुलोमा राख्न सकिन्छ ?

    समाजशास्त्री डा. दिनेश प्रसाईका बुझाइमा, जयसिंह घटनाका कारण मेचीदेखि महाकालीसम्मका नेपालीको चित्त दुखेको छ । यो घटनामा काठमाडौंस्थित भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाएर चियाकफी मात्रै गरेमा पनि यसको ‘सिम्बोलिक मेसेज’ रहन सक्छ । ‘त्यति सांकेतिक सन्देशकै भरमा दिल्ली रिसाइहाल्ला भनेर सोचिदिनुभएन,’ जेएनयूका पीएचडी प्रसाई भन्छन्, ‘जयसिंह धामीले महाकाली नदी तर्दै गर्दा तुइनको डोरी काटिएको र उनी नदीमा मिसिएको भनेर आएको सूचनामा जे–जति आक्रोश मिसिएको छ, यो त्यत्तिकै साम्य हुनेवाला छैन । तर, नेपाल सरकारले आफ्ना नागरिक र आफ्नो शासन संयन्त्रप्रतिका न्यूनतम कर्तव्य सम्झेर पनि भारतीय राजदूतलाई बोलाएर दार्चुला घटनामा ध्यानाकर्षण गराउनैपर्ने हुन्छ । आँखैसामु जयसिंह महाकालीको भुल्कोमा मिसिएको घटना पर्ख र हेरको विषय हुँदै होइन ।’

    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.