काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा यान्छीले सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रुपमा लिएको बताइन् । यस्तै गृहमन्त्री खाणले पनि कोरोनाभाइरसविरुद्धको लडाइका लागि उपलब्ध गराएको कोरोना खोपको लागि चिनियाँ सरकारलाई धन्यवाद दिएको बताइएको छ ।
यसअघि आइतबार बिहान यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेट गरेकी थिइन् । यान्छी प्रचण्डलाई भेट गर्न उनकै निवास खुमलटार पुगेकी थिइन् ।
