काठमाडौं । सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको छ ।
आइतबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सो प्रतिबद्धता जनाएको हो ।
सत्तारुढ गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने समेटिएको जानकारी दिएका हुन् ।
साथै सरकारको कार्यक्रममा आउँदो असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने रहेको उनले जानकारी दिए ।
