• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ओली समुहमै अन्तरविरोध, देखियो दुई धार


  •   सोमबार, साउन २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिल्ने भन्दा छुटिट्ने दिशातिरै केन्द्रीत छ । अध्यक्ष केपी ओलीले आफु भन्दा अगाडी पार्टीको लामो समय नेतृत्व गरिरहेका वरिष्ठ नेताद्दय झलनाथ खनाल र माधव नेपाललाई पार्टी बाहिरै राखेर खनाल नेपाल समुहमा रहेका अन्य नेतालाई अलग अलग डिल गर्दै आफ्नो समुहमा भित्राउने रणनीति लिएपछि थप अविश्वास सिर्जना भएको छ ।

    Advertisement

    ओलीले नेपाल समुहमा रहेका प्रभावशाली नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे , योगेश भटटरार्इ र घनश्याम भुषाललगायतका नेताहरुलाई ब्यक्तिगत रुपमा डिल गर्दै अनेक आश्वासनको पुलिन्दा बाड्न थालेपछि नेपाल समुहका नेताहरु पनि मोहित हुन थालेका छन् । तर ओलीले नेपाल र खनाल पार्टीभित्र रहे आफनो वर्चश्व गुम्ने र फेरि पार्टीमा रहेको आफ्नो पकड गुम्ने ठानेपछि उनले यी दुई नेतालाई भने पार्टी बाहिरै राख्ने गरी आक्षेप लगाउने, मिल्नै नदिने रणनीति लिईरहेका छन् ।

    यो कुरा बुझेका माधव नेपालले पनि ओलीसँग झुक्ने होइन, जमेर प्रतिरोध गर्ने रणनीति बनाएका छन् । ओलीले एकपक्षिय रुपमा पार्टी बैठक राख्ने, निर्णयहरु धमाधम लिने, नगर वडा सम्मेलनहरु गर्ने , सदस्यता वितरण र नवीकरणका काम अगाडी बढाउने जस्ता काम गरेपछि नेपालले पनि त्यसलाई काउन्टर दिने रणनीति बनाएका छन् ।’ अब हामीले पनि  माथि केन्द्रीय कमिटी घोषणा गर्न के को अप्ठ्यारो छ ? ७७ जिल्लामा संरचना छँदैछ । प्रदेशमा संरचना बनाए भैगो । जनवर्गीय संगठन छँदैछ । सबै साथीहरूको मनोबल उच्च छ ।’

    ओलीले पार्टी विवाद मिलाउनु पर्छ भन्ने पक्षमा रहेका आफ्नै समुहभित्रका विष्णु पौडेल र सुवास नेम्वाङलाई सम्म आफ्नो पक्षको नभई नेपालको मान्छे भएको आरोप लगाउन भ्याईसकेका छन् । ओली समुहमा सुवास, विष्णु, पृथ्वीसुब्बा गुरुङ, लगायतका नेताहरु पार्टी विवाद मिलाउन जे त्याग गर्दा हुन्छ गर्नुपर्ने पक्षमा उभिएका छन् । तर त्यसो भन्ने नेताहरुलाई अहिले ओलीले भन्न् थालेका छन्,  ‘ए म त तपाईंहरू आफ्नो मान्छे ठान्या थिए नेपालको पक्ष लिँदै हुनुहुन्छ ?’ भन्दै प्रश्न गर्न थालेका छन् । इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरु भने अब नेपाललाई पार्टी भन्दा बाहिरै राखेर जानुपर्ने पक्षमा उभिएका छन् ।

    माधव नेपालको प्रष्ट धारणा छ,–‘ केही साथीहरूको मनोबल कमजोर हुन्छ होला । हिजो साथमा आएका मान्छे लालबाबु पण्डित गइदिए । कृष्णभक्त पोखरेल कुर्लीकुर्ली सर्वोच्च अदालतमा गएर बहस गर्ने मान्छे भागे, गर्ने के त ? हुन्छ,यस्ता मान्छेहरू भाग्छन । टिक्ने टिक्छन्, भाग्ने भाग्छन् । तर हामी अगाडी बढ्नुपर्छ ।’ नेपाल सितिमिति ओलीसँग झुक्ने पक्षमा छैनन् । नेपालले लिएको बाटोले एमालेभित्रको केपी ओली समुहमै अहिले अन्तरविरोध सिर्जना भएको छ । त्यहाभित्रै दुई धार देखिएको छ ।

    ओली समुहमा दुई धार : ओलीलाई पनि सकसै
    पार्टीभित्रको विवाद मिलाउने या लथालिंग छोडने, पार्टीलाई विभाजनमा जानदिने या एकताबद्ध बनाएर जाने भन्नेमा ओली समुहभित्रै दुई धार देखिएको छ । ओली आफैले नेपाललाई दोस्रो अध्यक्ष दिने प्रस्ताव यस अगाडीको केन्द्रीय कमिटिको बैठकमा गरेका थिए । तर त्यसबाट उनी फेरि एकाएक पछि हटे । ओलीले अब त्यो च्याप्टर क्लोज भएको बताएपछि ओली समुहभित्रै अन्तरविरोध देखा पर्न थालेको छ ।अझ ओलीले पार्टी विवाद मिलाउनु पर्छ भन्ने पक्षमा रहेका आफ्नै समुहभित्रका विष्णु पौडेल र सुवास नेम्वाङलाई सम्म आफ्नो पक्षको नभई नेपालको मान्छे भएको आरोप लगाउन भ्याईसकेका छन् ।

    ओली समुहमा सुवास, विष्णु, पृथ्वीसुब्बा गुरुङ, लगायतका नेताहरु पार्टी विवाद मिलाउन जे त्याग गर्दा हुन्छ गर्नुपर्ने पक्षमा उभिएका छन् । तर त्यसो भन्ने नेताहरुलाई अहिले ओलीले भन्न् थालेका छन्,  ‘ए म त तपाईंहरू आफ्नो मान्छे ठान्या थिए नेपालको पक्ष लिँदै हुनुहुन्छ ?’ भन्दै प्रश्न गर्न थालेका छन् । इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताहरु भने अब नेपाललाई पार्टी भन्दा बाहिरै राखेर जानुपर्ने पक्षमा उभिएका छन् । नेपाल पार्टीभित्र आएमा फेरि पनि नेतृत्वमा आफु आउन नसक्ने ठानेर यी नेताहरुले नेपाललाई पार्टी बाहिरै राख्न खोजिरहेका छन् ।

    विवाद मिलाउन दुई अध्यक्षमा जाने र निर्णय प्रक्रियामा पनि दुवैको हस्ताक्षर चलाउने गरी सहमतिको प्रयासमा जुटिरहेका विष्णु पौडेल र सुवास नेम्वाङ लगायतका नेतालाई इश्वर पोखरेल, शंकर पोखरेलहरुले समेत हपारेका छन् । नेपाल समुहलाई पार्टीभित्र समेटेर विवाद मिलाउने या अलग भएर जान दिने भन्नेमा देखिएको चर्को अन्तरविरोधले यतिखेर ओली मसुहभित्रै धमिरा लाग्न थालेको छ । ओलीले पार्टीमा जे भनेपनि त्यही मान्नुपर्ने र त्यसलाई मानेर जानुपर्ने दास मनोवृत्ति भएका मानिसहरु मात्र ओली समुहमा अटाउने खालका देखिन थालेको छ ।

    आलोचना गर्नेलाई उक्त समुहभित्र बोल्ने सम्म छुट नहुन थालेपछि चरम असन्तुष्टि भित्रभित्र सल्किएको छ । ओली समुहमा रहेका नेताहरु सबैजसो कुनै न कुनै रुपमा बदनाम भएका कारण पनि ओली समुहभित्र मनोबल एकदम कमजोर देखिन थालेको छ । सत्ताको उन्मादमा रहदा सबै आफैं ठानेका नेताहरु ओली सत्ताबाट बाहिरिएसँगै पार्टी जनताका बीचमा नराम्रोसँग गिरेको महसुस गर्न थालेका छन् । त्यही कारण पनि  ओली समुह दुई धारमा बाँडिदैं जान थालेको छ ।

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.