• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ओली र माधव नेपाल मिलेर देउवा र प्रचण्डलाई रिँगाए !


  •   सोमबार, साउन २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । विभिन्न कारण मध्ये मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुलाई एमालेको माधवकुमार नेपाल समूहलाई पर्खनु पनि एक रहेको चर्चा राजनीतिक वृत्तमा छ । किन त नेपाल समूहले महिना दिनसम्म ठोस निर्णय गर्न सकेन र सत्तारुढ गठबन्धनलाई अल्मल्यायो ?

    Advertisement

    लामो राजनीतिक र संवैधानिक संघर्षपछि गठबन्धनका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेको नेपाल समूहका नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मुलुकको कार्यकारी पद प्रधानमन्त्रीमा बसाल्न सफल भए । आफ्नै प्रयास र संघर्षपछि गठन भएको सरकारलाई नेपाल समूहले किन रिँगाइरह्यो त ? यो अहिले राजनीतिक वृत्तमा उठेको टड्कारो प्रश्न हो ।

    यसको जवाफ न त प्रधानमन्त्री देउवाले खोजेका छन् न त सत्तारुढ गठबन्धनका नेता प्रचण्डले नै । मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयले प्रधानमन्त्री देउवा र प्रचण्डमात्रै होइन नेता नेपाल पनि आलोचित छन् । तर, पनि सरकारलाई पूर्णता दिने विषयमा उनीहरुले तदारुकता देखाउन सकेका छैनन् । कतै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको साँठगाँठमा नेता नेपालले देउवा र प्रचण्डलाई असफल बनाउने रणनीति त लिएका होइनन् ?

    सुरुमा जनता समाजवादीको आधिकारिकता विवादलाई देखाएर मन्त्रिपरिषद्लाई पूर्णता दिइएन । जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंग्याएको पनि सोमबार १५ दिन भइसकेको छ । तर, नेपाल समूहलाई पर्खने बाहनामा देउवा सरकारलाई नै असफल बनाएर आउँदो निर्वाचनमा एमालेले आफ्नो साख उच्च बनाउन नेता नेपाल प्रयोग भएका त होइनन् ? अहिले कांग्रेसभित्र गाइँगुइँ आशंका चल्न थालेको छ ।

    गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न रोकेर नेता नेपालले के दाउ छोपिरहेका छन् ? केही कांग्रेस नेताहरुले आफैँआफैँमा प्रश्न गर्न थालेका छन् ।

    माधवकुमार नेपालका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको प्राध्यापक डा. विष्णु दाहाल बताउँछन् । नेपाल समूहलाई सरकारमा लैजान मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनको बुझाइ छ । तर, नेता नेपाल स्वयं सरकारमा जाने वा नजाने विषयमा अहिलेसम्म बोलेका छैनन् । नेपाल समूहका अरु नेताहरु सरकारमा जानुपर्ने र नपर्ने दुवैथरी अभिव्यक्ति दिइरहँदा नेता नेपाल भने मौनता साँधेर बसेका छन् ।

    drbishnudahal.jpg

    जब जब सरकार र गठबन्धनले गति लिन खोज्छ, तब तब एमालेको एकता प्रयास घनिभूत हुने गरेको नेताहरुले बताउन थालेका छन् । सरकारमा जाने हो भने तत्काल निर्णय गरेर जानु पर्ने, नजाने हो भने नजाने औपचारिक धारण दिनुपर्ने माधवकुमार नेपालले त्यसो नगरी सरकारलाई अल्मल्याएर राखेका छन् ।

    पार्टी एकताको प्रयास भइरहेकाले अहिले निर्णय नगरिहाल्ने बताएर मुलुक सञ्चालनमा व्यवधान खडा गरेर नेता नेपाल कतै ओलीसँगको मिलोमतोमा त कदम चालिरहेका छैनन् ? यस्ता प्रश्न राजनीतिक वृत्तमा उठ्न थालेको छ ।

    ओली र माधवकुमार मिलेर प्रधानमन्त्री देउवा र प्रचण्डलाई झुलाएर एमालेको राजनीतिक स्वार्थ पूर्ति गर्ने काम त भइरहेको होइन भन्ने आशंकालाई न त नेता नेपालले नै खण्डन गर्न सकेका छन्, न त गठबन्धनमै यसबारे कुरा उठेको छ । जे होस् मन्त्रिपरिषद् विस्तारमा गठबन्धनभित्रैकै समस्या र नेपाल समूहलाई पर्खने बाहनाले व्यवधान भइरहेको छ ।

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.