स्वास्थ्य कार्यालय चितवनको अनुसार थपिएका मध्ये भरतपुर महानगरपालिमा भरतपुर महानगरपालिकामा १४१ जना, खैरहनी नगरपालिकामा १२ जना, माडी नगरपालिकामा २३ जना, रत्ननगर नगरपालिकामा ३७ जना, राप्तीमा १४ जना, कालिकामा दुई जना थपिएका हुन् ।योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३५७ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १७० जना, अस्पतालको आइसोलेसनमा १७६ जना र सार्वजनिक आइसोलेसनमा ११ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९५ जना संक्रमितहरु निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १९ हजार ३५३ पुगेको छ । जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा १ जनाको मृत्यु भएको छ । उनी भरतपुरका संक्रमित हुन् ।
