साउन २६ चितवन। चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ कुरिनघाटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज (मंगलबार)दिउँसो करिब १२:३० बजे ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा काठमाडौंबाट मुग्लिनतर्फ आई रहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गईरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ का २६ वर्षीय सुशील पोख्रेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पोख्रेलको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
अन्य घाइते हुनेहरुमा भने बा४६प ३२० नम्बरको मोटरसाइकलमा सवार भोजपुर जिल्ला कौवादुङमा गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २४ का सन्दीव बस्नेत र सोही स्थानका वर्ष २१ का जय कार्की छन्। उनीहरु दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
