काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । बुधबार नियुक्ति पत्र बुझेर घिसिङले पदभार ग्रहण गरेका हुन् ।
लोड सेडिगं हटाएर चर्चामा आएका घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले नियुक्ति पत्र दिएका हुन् । घिसिङलाई प्राधिकरणमा भव्य स्वागत गरिएको छ ।
घिसिङलाइ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । घिसिङलाई कार्यकारी निर्देशक बनेसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन् ।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका घिसिङको यो दोस्रो कार्यकाल हो । आफ्नो कार्यकालमा घिसिङ लोड सेडिगं हटाएर सबै जनताको मन जितेका थिए ।
