काठमाडौं। नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन्। उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
आचरण विपरीत काम गरेको भन्दै सरकारले उनलाई स्पष्टिकरण सोधेको थियो । तर उनले जवाफ नदिने बरु बर्खास्ती सहने बताएका थिए । उनले विभिन्न नेताहरुमाथि कडा टिप्पणी गर्दै आएका थिए ।
राजीनामा पत्रमा उनले नियुक्ति लिएको दिनदेखि नै आफुले इमान्दारितापूर्वक काम गरेको र नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।
उनले पत्रमा लेखेका छन् – ‘मैले रेल्वे कम्पनीको महाप्रबन्धक पदमा नियुक्ती लिएको दिनदेखि इमान्दारितापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्रायः अवस्थमा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालन गर्न तयारी अवस्थमा पुर्याएको छु ।’


