काठमाडौं । शुक्रबार देशभर सामान्य देखी पूर्ण बदली रहि प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ।
बाँकी प्रदेशका थोरै स्थानमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको देखिन्छ ।
आज दिउँसो देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।
