रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष नै पक्राउ परेका छन्। रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण् थापाले शुक्लालाई जवरजस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताए। शुक्ला आीहिबार पक्राउ परेका हुन्।
सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
उनी विरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
