• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘आश मारिसकेका थियौं, १६ वर्षपछि आमाको हत्यारा पक्राउ परेको खबर सपनाझैं लाग्यो’


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • २०६२ साल पुस ६ गते।

    Advertisement

    ११ वर्षका छोरा र ९ वर्षीया छोरी विद्यालय गएर साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीको लामपाटीस्थित डेरामा फर्किएका थिए।

    फर्किंदा आमा भगवती लामा र शिवजी भन्ने ग बहादुर खत्री डेरामा थिए। शिवजी उनीहरूलाई बारम्बार जसो भेट्न आइरहन्थे। काभ्रे घर भएकी भगवती अरूको घरमा सहयोगीको काम गर्थिन्। त्यही काम गरेर २९ वर्षकी उनले आफ्ना छोरी र छोरालाई पालिरहेकी थिइन्।

    उनको श्रीमानसँग सम्बन्धबिच्छेद भइसकेको थियो। यता शिवजी भने त्यतिबेला क्याटरिङको काम गर्थे भने कहिले बसमा सहचालक हुने, त कहिले ट्याक्सी चलाउने समेत गर्थे

    उनी पनि विवाहित नै थिए। उनका तीन छोरा छन्।

    त्यो दिन साँझ विद्यालय गएर फर्किएका छोराछोरीसँगै बसेर शिवजी र भगवतीले खाजा खाए। करिब आधा-एक घण्टापछि दुबै बालबच्चा स्युचाटारस्थित मामाघर गए।

    डेरामा भगवती र शिवजी मात्रै थिए।

    त्यसैबीच करिब साढे ७ बजे उनीहरू बस्ने घरका मानिसहरूले ठूलो स्वरले महिला कराएको सुने। केहीबेरमै भगवती कोठाभित्र जलिरहेको थाहा पाए। ढोका भने भित्रैबाट बन्द थियो।

    तर ढोका फोडेर भित्र हेर्दा भगवतीबाहेक अरू कोही थिएनन्।

    भित्र जलिरहेको देखेपछि उनीहरूले ढोका फोडेर घाइते भगवतीलाई वीर अस्पताल पुर्‍याए।

    केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार शिवजी त्यहाँबाट भागिसकेका थिए।

    ‘महिलाले चिच्याएको आवाज सुनेपछि डेरामा बस्नेहरूले थाहा पाएर हेर्दा जलेको देखे। ती महिला भित्रबाट थुनिएकी थिइन्,’ उनले भने,’त्यसपछि उनीहरूले ढोका फोडेर महिलालाई अस्पताल पुर्‍याए।’

    कोठामा ग्रिल नभएको झ्याल थियो। जहाँबाट कोही पनि सजिलैसँग भाग्न सक्थे। झ्याल तल पनि खेतबारी थियो। जहाँ लडे पनि केही हुन्न थियो। सागसब्जी लगायतका तरकारीहरू उब्जिएको हुँदा माटो पनि गिलो थियो।

    शिवजी त्यही झ्यालबाट भागेको प्रहरीको दाबी छ।

    ‘त्यही झ्यालबाट भागेको देखिन्छ। सागसब्जीहरू रोपेको ठाउँमा खुट्टाका डामहरू पनि देखिएका थिए,’उनले भने,’भागेको देख्नेहरूले उनलाई लखेटे। तर उनी फरार भए। डेरामा अरू कोही थिएनन्। मट्टितेल या अन्य कुनै ज्वलनशील पदार्थले छर्केर आगो लगाएर भागेको छ भनेपछि उनकै संलग्नता छ भन्ने बुझिन्छ।’

    त्यसैबीच भोलिपल्ट (२०६२ साल पुस ७ गते) बिहान करिब साढे २ बजे भगवतीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भयो।

    अहिलेसम्म यो घटनामा तीन जना अनुसन्धान अधिकृत फेरिइसकेका छन्। तर शिवजी पक्राउ पर्न सकेका थिएनन्।

    घटनापछि उनी भारत भागेको महानगरीय प्रहरी वृत्त कालीमाटीस्थित अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बतायो।

    ‘घटनापछि उनी भारत भागे। दुई वर्षपछि नेपाल फर्किएको भनेका छन्। त्यहाँबाट फर्किएर ललितपुरको चाँगाथलीमा पसल थापेर बसेका रहेछन्,’ उनले भने।

    बुधबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आरोपित शिवजीलाई १६ वर्षपछि पक्राउ गर्‍यो। रामेछाप घर भएका ४६ वर्षका शिवजीलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको हो।

    पक्राउ गर्न जाँदा प्रहरीले शिवजीलाई त्यतिबेलाको उनको तस्वीर देखाएका थिए। सुरूमा उनले तस्वीरमा भएका व्यक्ति आफू हो भनेर स्वीकारेनन्।

    तर मृतकका छोरा-छोरीलाई देखेपछि भने स्वीकारेका थिए।

    ‘उनैको तस्वीर देखाउँदा चाहिँ आफू होइन भने। तर पछि छोरीले यही हो भनेर भनिन्। उनले एक्कासि आफू नै भएको स्वीकारे र छोरीलाई पनि चिन्छु भने’, स्रोतले भन्यो।

    प्रहरीलाई शिवजीले दिएको बयान अनुसार भगवतीलाई एक आफन्ती महिलाको माध्यमबाट चिनेका थिए। भगवतीको डिभोर्स भइसकेपछि मात्रै चिनजान भएको प्रहरीलाई बताएका छन्। तर छोराछोरीले भने डिभोर्स हुनुको कारण नै उनी भएको प्रहरीलाई बताएका छन्।

    प्रहरीले घटनाबारे सोधपुछ गर्दा आफू त्यहाँ नभएको उनले बयान दिएका छन्।

    ‘म त उनको पुरानो कोठामा गएको थिएँ। नयाँ कोठामा त गएको छैन भनेका छन्। तर सानो बच्चाले त झूट बोल्दैन नि! तर बच्चाहरूले त्यतिबेला यही शिवजी भन्ने नै बसिरहेको थियो भनेका थिए,’ प्रहरी स्रोतले भन्यो,’अहिले हामीसँग ढाँटिरहेको छ। त्यो स्वभाविक नै हो।’

    उनको हत्या गर्नुपर्ने कारण भने खुलिसकेको छैन। हत्याको कारण अनुसन्धानपछि खुल्ने महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

    तर त्यतिबेला छोराछोरीहरूले दिएको बयानमा शिवजीले पैसा समेत माग्ने गरेको खुलेको छ।

    ‘शिवजीले पहिले पनि आएर पैसा माग्ने, दु:ख दिने, आगो लगाइदिन्छु, मार्दिन्छु भनेर धम्क्याउने गर्थे,’ घटनापछि छोराछोरीले बयानमा भनेका थिए।

    मृतक भगवतीका छोराछोरीले शिवजी पक्राउ पर्लान् भन्ने सोचेका पनि थिएनन्। तर १६ वर्षपछि उनी पक्राउ परेको खबर सुनेपछि विश्वास गर्न नसकेको बताउँछन् उनीहरू।

    शिवजी पक्राउ परेपछि छोराछोरीहरू खुसी भएका छन्।

    ‘हामीले सोच्दै नसोचेको कुरा भयो। अब त त्यो मान्छे फेला पर्दैन भनेर आश नै मारिसकेका थियौं। तर हिजो एक्कासि सिआइबीबाट फोन आउँदा त सपना जस्तै भयो। होइन होला भन्ने जस्तो पनि भयो,’मृतकका छोराले सेतोपाटीसँग भने,’अनि हामी जाँदा मान्छे नै अगाडि ल्याएर देखाइदिनु भयो। अनि यही हो भनेर हामीले भन्यौं।’

    प्रहरीले उनीमाथि पोलिग्राफी टेष्ट पनि गर्ने तयारी गरेको छ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीले अहिले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.