साउन २९ काठमाडौं ।धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट चोरी भएको कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बिहीबार साँझ खोजतालसको क्रममा वडा नम्बर ४ स्थित बटेश्वर बजार बस्ने प्रमोद महतोको घरबाट १८ वटा कम्प्युटर र एउटा प्रोजेक्टर बरामद भएको प्रहरीले जनाएको छ।गएको साउन १८ गते राति विद्यालयको ढोका फोडेर ३२ वटा कम्प्युटर चोरी भएको थियो।ती मध्ये १८ वटा बरामद भएको र बाँकीको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ ।
कम्प्युटर चोरी गरेको आरोपमा बटेश्वर गाउँपालिका वडा नम्बर ३ बस्ने बुधन महतो र मिथिला नगरपालिका-८ कुसुमविसौनाका रामप्रकाश महतोलाई पक्राउ गरिएको छ।
