• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

२७ सम्पदाको पुनःनिर्माण सकियो , २० को शुरु हुनै बाँकी


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • शर्मिला पाठक

    Advertisement

    काठमाडौँ, साउन २९ गते । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

    विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । “हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

    हनुमानढोका विकास समितिबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

    आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । कामपाबाट पुनःनिर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

    हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

    सूचना केन्द्र सञ्चालनको तयारी

    विश्वभरि फैलिएको कोरोना महामारीका कारण अहिले यस सम्पदा क्षेत्रमा कोही पनि पर्यटक आउँदैनन् । आगामी दिनमा पर्यटक प्रवद्र्धनका लागि सूचना केन्द्र सञ्चालनको तयारी छ । यसका लागि सबै तयारी पूरा भए पनि कोरोनाका कारण रोकिएको हो । काष्ठमण्डप नजिकै रहेको सिंह सत्तलमा पहिलो तलामा पर्यटकका लागि जानकारी केन्द्र तयारी गरिएको हो । केन्द्रमा इन्टरनेटको सुविधासहित अडियो भिडियोको सुविधा हुनेछ । काठमाडौँका मुख्य जात्रा इन्त्रजात्रा, गाईजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी र कुमारी घरसँगै समग्र हनुमानढोकाका बारेमा जानकारी दिइने छ ।

    केन्द्र सञ्चालन गर्न लागिएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक इञ्जिनीयर अमित बज्रचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना हुनुभन्दा पहिले विदेशी आगन्तुकबाट लिएको प्रवेश शुल्कबाट नै वार्षिक रु २० करोडसम्म आम्दानी हुने गरेकामा अहिले लगभग शून्य रहेको छ । गत आर्थिक वर्षमा जम्मा रु एक लाख ५० हजार मात्र आम्दानी भएको छ ।

    प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास छ ।

    हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ । सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्वपुर्ण सम्पदा मानिन्छ । यस स्थानमा मुख्यगरी विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् ।

    त्यसैगरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् ।

    कुमारीको महत्व

    पर्यटकको आकर्षणको केन्द्र वसन्तपुरमा कुमारी घर र कुमारी पनि एक आकर्षण हो । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेलिरहेका बेला राजा जयप्रकाशकी रानीले देखेपछि तलेजु भवानी त्यहाँबाट अलप भएको र त्यसपछि तलेजु भवानीले सपनामा राजालाई अबदेखि वर्षमा एक पटक मात्र दर्शन दिनसक्ने बताएको किंवदन्ती छ ।

    शाक्य वंशकी छोरीलाई कुमारी बनाई रथजात्रा चलाउनू भन्ने तलेजु भवानीको आग्रहअनुसार राजा जयप्रकाशले कुमारी जात्राको प्रचलन चलाएको इतिहास रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो ।

    काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारीघरबाट निस्कने गर्नुभएको छ । एकपटक पौष शुक्ल अष्टमीको दिन, मुख्य जात्राको रूपमा रहेको इन्द्रजात्रा, बडादशैँ, चैते दशैँ, घोडे जात्रा, सेतो मछिन्द्र जात्रा, सेतो मछिन्दनाथ स्नान हुँदा, गाईजात्राको भोलिपल्ट, पचली भैरव जात्राको समयमा र चाँगुनाराणबाट कलश ल्याउँदा कुमारी बाहिर निस्कने गर्नुभएको छ ।

    कुमारीको दैनिकी

    कोरोना नहँुदा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्मको समय दर्शनको हो । मध्याह्न १२ देखि ४ बजेको समय कुमारीको अध्ययन गर्ने समय हो । हाल कोरोना सङ्क्रमणका कारण अन्य मठमन्दिरमा जस्तै दर्शनमा रोक लगाइएको छ । अहिलेको कुमारीलाई कुमारी हुनुभन्दा पहिले जुन विद्यालयमा अध्ययन गर्नुहुन्थ्यो सोही विद्यालयका शिक्षकले कुमारी घरमा नै आएर अध्यापन गराउने गर्नुभएको छ । हाल उहाँ स्वयम्भूमा रहेको मैत्री बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत हुनुहुन्छ । अहिले कुमारीले अन्य विद्यार्थीले जस्तै अनलाइनबाट कक्षा लिइरहनुभएको छ ।

    हरेक दिन नित्य पूजाका लागि तलेजु भगवतीको पुजारीले उहाँको पूजा गर्नुहुन्छ । बिहान ९ बजेदेखि १० बजेसम्मा हिन्दू पुजारी र बौद्ध धर्म मान्ने पुजारीबाट उहाँको पूजाआजा हुने गर्दछ । उहाँले ११ बजेदेखि १२ बजेको समयमा खाना खाने तालिका छ । कुमारी घरमा उहाँको हेरविचार गर्नका लागि एउटा छुट्टै परिवार नै खटिएको छ ।

    कुमारीहरु कुमारीको रूपमा कति समय बस्ने भन्ने यकिन नभए पनि तीनदेखि चार वर्षमा आउने र ११ देखि साढे ११ वर्षसम्मअर्थात् पहिलोपटक महिनावारी हुने समय अघिसम्म बस्न पाइने छ ।

    पहिलेदेखि नै कति कुमारी रहे भन्ने यकिन जानकारी नरहे पनि हालको कुमारी ५५ नम्बरमा पर्ने इन्द्रजात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ । नब्बे सालको भूकम्पपछि कुमारीको गणना गर्न थालिएको बताइएको छ ।

    कुमारीको मासिक तलब ५० हजार

    काठमाडौँ महानगरपालिकाले कुमारीलाई मासिक तलबस्वरूप रु ५० हजार उपलब्ध गराउने गरेको छ । यो व्यवस्था २०५८ सालबाट सुरु भएको हो । त्यसैगरी पूर्वकुमारीका लागि पनि मासिक रु १५ हजार दिने व्यवस्था गरिएको छ । हाल जीवित नौ जना पूर्वकुमारी रहनुभएको छ भने उहाँहरुमध्ये पाँच जनाले विवाह गरिसक्नुभएको छ । लामो समयदेखि जीर्ण रहेकोे कुमारी घरको पनि मर्मत गर्ने तयारी रहेको छ । यसका लागि कामपाले उपभोक्ता समितिमार्फत निर्माण गर्नका लागि रु एक करोड विनियोजन गरेको छ ।

    संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । यसमा कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्व सम्पदा समितिद्वार चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

    युनेस्कोले विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदालाई सूचीकृत गरेको छ । काठमाडौँ उपत्यकाकाबाट तीन वटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तूप र दुई हिन्दू मन्दिरसँगै उपत्यकाबाहिर लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जलाई समावेश गरेको छ ।

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.