• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एसएसबीले तुइन हटायो, सडक निर्माण सुस्त, खाद्यान्न सङ्कट झेल्दै


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • लोकेन्द्र जोशी
    दार्चुला, साउन २९ गते । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकालीमा लगाइएका तुइन हटाइदिएपछि दार्चुलाको विकट क्षेत्र व्यासका बासिन्दाले सास्ती भोग्नुपरेको छ । तुइन बन्द हुँदा व्यास गाउँपालिका–२ मालगाउँमा खाद्य सङ्कट थपिएकोे छ ।
    साउन १५ गते व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली तर्दै गर्दा एसएसबीले तुईन फुकालेको कारण नदीमा खसेर बेपत्ता हुनुभएको थियो । बेपत्ता धामीको शव अहिलेसम्म फेला परेको छैन ।
    भारतले शव खोज्न महाकालीमा ड्रोन क्यामेराको प्रयोग गर्न सहमति नदिएपछि नेपालतर्फको भूभागमा मात्रै ड्रोन प्रयोग गरिएको छ । घटनाका प्रतक्षदर्शीहरुले एसएसबीले तुइन फुकालेको कारण जयसिहको ज्यान गएको बयान दिएपछि भारतीय पक्षले महाकालीको अरु ठाउँमा लगाइएका तुइन हटाइदिएको छ । तुइन सञ्चालन नभएपछि मालगाउँमा खाद्यसङ्कट निम्तिएको स्थानीय नरेन्द्र धामीले बताउनुभयो ।
    मालघाटमा पुनः तुइन जोड्न भारतीय पक्षले दिएको छैन्, उहाँले भन्नुभयो, गाउँ नजिक नेपालतर्फ न बजार छ, न सडक नै पुगेको छ, भारतबाट किनेर ल्याउन एसएसबीले महाकाली नदीमा लगाइएका तुइन नै हटाइदिएको छ । तुइन काटिएपछि मालगाउँमा चामल, नुन–तेललगायत खाद्यान्न अभाव सिर्जना भएको धामीले बताउनुभयो । मालगाउँमा बजार नहुँदा स्थानीय नागरिकलाई दैनिक उपभोग्य वस्तुको जोहो गर्न भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ । तुइन हटाएपछि गाउँमा के खाने भन्ने चिन्ता थपिएको छ, सरकारले कुनै विकल्प नदिए भोकमरीको अवस्था सिर्जना हुने स्थानीय हरक कार्कीले बताउनुभयो ।
    व्यास गाउँपालिका पुग्न नेपालतर्फ सुरक्षित बाटो छैन । नेपालतिरको घुमाउरो र बाढी पहिरोले क्षतिग्रस्त सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम छ । रित्तै जान जोखिम मोल्नुपर्ने बाटोमा भारी बोक्न सम्भव नरहेको कार्कीले बताउनुभयो । व्यास हुँदै तिङ्कर भञ्ज्याङ जोड्ने उद्धेश्यले २०६५ सालदेखि निर्मार्णाधीन दार्चुला तिङ्कर सडक १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । एक वर्ष पहिले नै सुन्सेरासम्म पुगेको सडक निर्माणको काम पछिल्लो समय अलपत्र परेको स्थानीयको गुनासो छ ।
    व्यास गाउँपालिका–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल छ । यो पुलबाट व्यासको ५ र ६ नम्बर वडाका बासिन्दालाई पायक परे पनि १, २, ३ र ४ नम्बर वडाका नागरिक जोखिमपूर्ण तुइनकै सहारामा छन् । लुकिछिपी प्रयोग गर्दै आएको तुइन समेत बन्द भएपछि व्यासवासीलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।
    महाकालीमा लगाइएका आधादर्जन तुइनहरू बन्द हुँदा आवातजावत गर्न र खाद्यान्न, लुगाकपडा लगायत सामाग्री ल्याउन समस्या भएको छ । महाकाली नदीमाथि तुइन विस्थापन कार्यक्रम अन्तरगत झोलुंगे पुल शिलान्यास भएको तीन वर्षसम्म पनि निर्माण सम्पन्न भएका छैन । पुलहरु समयमै निर्माण सम्पन्न नहुँदा व्यास क्षेत्रका स्थानीयहरु भारतीय बजारबाट तुइनकै साहारामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका थिए । तुइन तरेर दार्चुला सदरमुकाम खलंगा पुग्न चार÷पाँच घण्टा मात्रै समय लाग्ने तर नेपालतर्फबाट खलंगा पुग्न दुई दिन लाग्ने भएकोले व्यासबासीको ज्यान जोखिममा राखेर तुइन तर्नुपर्ने बाध्यता छ ।
    जयसिह बेपत्ता भएको घटनामा एसएसबीको दोष देखिएपछि सीमाक्षेत्रमा एसएसबीले सुरक्षा निगरानी बढाइएको छ । तुइन फुकाउने एसएसबीको सरुवा गरिएको स्रोतले जनाएको छ । सीमाक्षेत्रमा भारतको ज्यादती तथा दुर्व्यवहार रोकिएको छैन । विगतमा पनि मालका स्थानीयले भारतीय बजारबाट किनेर ल्याएको सामान एसएसबीले जफत गर्ने, महाकालीमा बगाउने, दुर्व्यवहार गर्ने गरेको स्थानीयहरुको गुनासो छ । नेपाल सरकारले गाउँसम्म पुर्वाधारको निर्माण नगरिदिदा भारतीय ज्याजती सहेर नै दैनिकी चलाउनुपर्ने व्यासबासीको विवशता रहेको स्थानीय दीपक भट्टले बताउनुभयो ।

    Advertisement

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.