• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एक दशकमा एउटै नदीमा छ वटा पक्की पुल निर्माण


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • बाबुराम देवकोटा
    सिन्धुलीमाढी, साउन २९ गते । कुनै बेला एउटा झोलुङ्गेपुल समेत देख्न मुस्किल पर्ने सिन्धुली जिल्लाको कमलाखुँजस्थित कमला खोला यतिबेला पक्की पुलमय बनेको छ ।
    जिल्लाकै सबैभन्दा ठूलो नदीको रुपमा रहेको कमला खोलामा एक दशकको बीचमा यतिखेर छ वटा पक्की पुन निर्माण भएका छन् । तीमध्ये पाँच वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको स्थानीयले बताएका छन् ।
    स्थानीयका अनुसार कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाको वडा नं. २ रतनपुर र वडा नं. ३ झुंगालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टाँडी र वडा नं ९को हात्तीवन गाँछी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमान र वडा नं. १० जोड्ने पक्की पुल भने निर्माणाधीन अवस्थामा छ ।
    कमलामाई नगरपालिका–१० डाँडाटोल निवासी मीनकुमारी कार्कीलाई कमला नदीमा पक्की पुल निर्माणसँगै निकै उत्साह बढेको छ । चार वर्षअघि स्थानीय भिमान बजारमा दैनिक उपभोग्य वस्तु किनेर घर जाँदै गर्दा कमला नदीमा एक्कासि आएको बाढीले झण्डै २० मिटरसम्म उहाँलाई बगाएको थियो । त्यो कहालीलाग्दो क्षणलाई अहिले भने सोही ठाउँमा बन्न सुरु गरेको पक्की पुलले मलम लगाउन थालेको उहाँले बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘बर्षादको मौसममा भिमानबाट घर जाँदै गर्दा हामी आठ जनालाई बगाएको थियो । बगरको बीचमा पुगेपछि एक्कासि बाढी आयो, सबैलाई बगायो । तुरुन्तै गाँउलेहरु आएर उद्धार गरी सबैलाई बचाए ।’ उक्त बाढीले आफूसँग भएको व्याग बगाउँदा एक लाख रुपियाँ नगद हराएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार कमला नदीमा वारपार गर्ने पुल नहुँदा भिमान पारिका बासिन्दाले बर्सेनि सास्ती खेप्न बाध्य थिए । अहिले भने पक्की पुल निर्माण सुरु भएपछि स्थानीय सबैमा खुशी छाएको छ ।
    उक्त वडाका अध्यक्ष कैलाश ढुङ्गेलका अनुसार प्रदेश सरकारको करिब १७ करोड रुपियाँ सहयोगमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो उक्त पुलको निर्माण सुरु भएको एक वर्ष भएको छ । निर्माण सुरु गरेको मितिले ३० महिनामा सक्ने गरी सूर्य एण्ड सन् प्रालीले पुल निर्माणको ठेक्का पाएको छ । पुल निर्माणसँगै स्थानीयमा खुशी छाएको उहाँले बताउनुभयो ।
    कमला खोलामा पक्की पुल बन्नु अघि बर्षादको मौसममा दुधौली नगरपालिकाका बासिन्दाको सदरमुकाम सिन्धुलीमाढीसम्म आवतजावत गर्न निकै कष्ट गर्नुपर्दथ्यो । ‘लगभग बर्षादको मौसममा सदरमुकाम सिन्धुलीमाढीसँग दुधौलीका बासिन्दाको सम्बन्ध बिच्छेद जस्तै हुन्थ्यो,’ दुधौली नगरपालिका वडा नं. ७ का अध्यक्ष कुमार बस्नेतले भन्नुभयो, ‘दुधौली नगरपालिकामा मात्रै कमला खोलामा करिब ४० किलोमिटरको दूरीभित्र पाँच वटा पक्की पुल बनेर सञ्चालनमा आइसकेका छन् ।’
    वर्षातको चार महिना अत्यन्तै कष्टका साथ जीवनयापन गर्ने दुधौलीको हतपते, डकाहा, सिर्थौली, दुधौली, टाँडी, लदाभीरका स्थानीले अब बा¥है महिना दुःख झेल्नु नपर्ने भएको उहाँले सुनाउनुभयो ।
    कमला नदीमा पुल नभएर सास्ती खेपेका स्थानीय तिवीर गतिमा निर्माण भैरहेको पुलको काम हेरेर दङग परेको दुधौली नगरपालिकाका प्रवक्ता रितेस राउत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हिजोका दुःखका काहालीलाग्दा दिन सम्झिदा आङ् सिरिङ्ग गर्ने र पुल निर्माण भैरहेको हेरेर खुसीको सञ्चार छाएको छ ।’ उहाँका अनुसार वर्षातमा वारपार गर्न नसक्दा ज्यादै कठिन थियो, हिंउदमा समेत चिप्ला ढुङ्गा हुने भएकाले पार गर्न कम्ता कष्ट थिएन । अब त पुलबाटै सरर हिँड्ने पाइएको छ । पुल नहुँदा समयमा नै उपचार नपाएर कतिपय बिरामीको अकालमै ज्यान जाने गरेको थियो ।

    Advertisement

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.