काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे दिएको अभिव्यक्तिका केही शब्द संसदको रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसद यादवले ओलीबारे दिएको अभिव्यक्तिका केही शब्द संसदको रेकर्डबाट हटाउन सभामुख सापकोटाले शुक्रबार सचिवालयलाई निर्देशन दिएका हुन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति हटाउन माग गरेपछि सभामुख सापकोटाले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
बैठकमा एमाले सांसदहरु आ–आफ्नो ठाउँमा उठेर रेकर्डबाट हटाउन पनि माग गरेका थिए ।
