• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘देउवा नेतृत्वको सरकार’ किन हुन सकिरहेको छैन बिस्तार ?


  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिना दिन पुग्दा सम्म सरकार बिस्तार गर्न सकेका छैनन् । उनी आफैले १७ मन्त्रालयको जिम्मेवारी आफ्नै काँधमा थापे पनि उनले सबैै मन्त्रालयका काम गतिका साथ अगाडी बढाउन सकेका छैनन् । देउवा नेतृत्वको सरकार कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेकै माधव नेपाल समुहको साथमा बनेको हो । अझ विशेष गरी एमालेको माधव नेपाल समुहले आफनो राजनीतिक जीवन नै दाउमा राखेर ओली सरकारलाई बर्हिगमन गराउने र देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको थियो ।

    Advertisement

    गत असार २९ मा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यही दिन उनले काँग्रेसका २ र माओवादी केन्द्रका २ जनालाई समेटेर मन्त्रीमण्डल बनाए । अरु १७ मन्त्रालयको जिम्मा आफैले लिए । यो बीचमा उनले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए । तर यस बाहेक उनले अरु थप केही गरेका छैनन् । उनकै पार्टीका सांसदले संसदमा मन्त्रिपरिषद् बिस्तार कहिले हुन्छ प्रधानमन्त्री भनेर प्रश्न उठाउन थालिसकेका छन् । प्रतिपक्षी एमालेको केपी ओली पक्षले झन आलोचना नगर्ने विषय नै भएनन् । तर किन मन्त्रीपरिषद् विस्तार हुन सकिरहेको छैन त ?

    मन्त्रीपरिषद् विस्तारमा काँग्रेस, माओवादी केन्द्र, जसपाका आ–आफ्नै समस्या छन् । राष्ट्रिय जनमोर्चाले सरकारलाई साथ दिएपनि विपक्षमै बस्ने र सरकारमा नजाने बताएको छ । माधव नेपाल पक्षले पनि अहिले आफुहरु एमालेमै रहेको र सरकारमा आउने सम्भावना त्यक्ति नरहेकोले सरकारमा आफुहरुलाई नपर्खिन आग्रह गरेको बाहिर सार्वजनिक भएका छन् । तर भित्री छलफलमा नेपालले के भनेका छन् ? त्यसबारेमा खुलेको छैन् ।

    मन्त्रीपरिषद् विस्तारमा काँग्रेस, माओवादी केन्द्र, जसपाका आ–आफ्नै समस्या छन् । राष्ट्रिय जनमोर्चाले सरकारलाई साथ दिएपनि विपक्षमै बस्ने र सरकारमा नजाने बताएको छ । माधव नेपाल पक्षले पनि अहिले आफुहरु एमालेमै रहेको र सरकारमा आउने सम्भावना त्यक्ति नरहेकोले सरकारमा आफुहरुलाई नपर्खिन आग्रह गरेको बाहिर सार्वजनिक भएका छन् । तर भित्री छलफलमा नेपालले के भनेका छन् ? त्यसबारेमा खुलेको छैन् ।

    काँग्रेस, जसपा र माओवादी केन्द्रमा मन्त्री बन्न आकांक्षा गर्नेहरुको सूचि लामो छ । प्राय सबै नेताहरुले पाए मन्त्री खाने योजना बनाएका छन् । त्यसका लागि शीर्ष नेताहरु कहाँ दौडादौड पनि छ । तर दलहरुले मन्त्री छान्नै सकस परिरहेको छ । तर मुख्य त दलहरुका आ–आफनै आन्तरिक कारणले देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसकिरहेको बताइन्छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा आफ्नै पार्टीभित्रको आन्तरिक लफडामा छन् । पार्टीको सम्वैधानिक संकट टार्न पनि उनलाई महाधिवेशन के गर्ने भन्ने खड्को छ । भदौं २३ गते सम्म महाधिवेशन नभए काँग्रेसमा वैधानिकताको संकट छ ।

    तर त्यसमा देउवाले लिने निर्णय मन्त्रीपरिषद् विस्तार गरेर लिदा त्यसको रियाक्सन पार्टीको निर्णयमा पनि पर्ने देखेपछि उनी आफै मन्त्रीपरिषद् बिस्तार ढिलो गर्न चाहिरहेका छ्न । पहिले पार्टीभित्रको महाधिवेशनको विषय टुंगो लगाउने, कार्यतालिका तय गर्ने र महाधिवशेनको विषय टंगो लगाउने तयारीमा देउवा छन् । त्यसो गर्दा आफनो आलोचना कम हुने देउवालाई परेको छ । त्यसकारण पनि देउवाले पहिले पार्टीको महाधिवशेन के गर्ने भन्ने सपाट निर्णय भएमा मात्र मन्त्रीपरिषद् विस्तार गर्न सहज हुने उनले ठानेका छन् ।

    अर्काेतिर उनले उपप्रधानमन्त्री नराख्ने मनस्थिती बनाएका छन् । उपप्रधानमन्त्री बनाउदा सत्ता गठबन्धन सबै दललाइ उपप्रधानमन्त्री बनाउनुपर्ने र जम्वो उपप्रधानमन्त्री बन्ने, उपप्रधानमन्त्री बनाउँदा आकांक्षी नेताहरु बढ्ने, उपप्रधानमन्त्री नबनाउँदा आकाक्षीका केही सूचि घट्ने देउवाले ठानेका छन् । आफ्नै पार्टीभित्रको गुटका शीर्ष नेतालाई पन्छाउन मिल्ने, माओवादी र जसपाको पनि आफुलाई चित्त नबुझेका नेता मन्त्री बन्न नपाउने र रोकिने ठानेर पनि उनले उपप्रधानमन्त्री राख्न चाहिरहेका छैनन् ।

    तर यसमा सत्ता गठबन्धन दलसँग देउवाले सहमति बनाउन बाँकी नै छ । मन्त्रालय भागवन्डाको टुंगो सम्म पनि देउवाले लगाउन सकेका छैनन् । कुन दललाई कति मन्त्रालय र कुन मन्त्रालय कुन दललाई भन्ने टुंगो नलागेका कारण पनि मन्त्री छान्ने विषयमा पार्टीहरुले टुंगो लगाउन सकेका छैनन् । यसले पनि देउवाको सरकार बिस्तार रोकिएको छ । काँग्रेस केन्द्रीय कमिटि बैठक जारी छ । महाधिवेशनका विषयमा अब के गर्ने ? भन्नेमा छलफल गर्ने र निर्णय आउन अझै एक दुई दिन लाग्ने देखिन्छ ।

    अर्काेतिर माओवादी केन्द्रका पनि आज स्थायी कमिटि र भोलि केन्द्रीय कमिटिको बैठक बोलाइएको छ । उसले पनि यो बैठकबाट पार्टीका विधान सहित केही कार्ययोजना  बनाउन लागेको छ । उसलाई पनि दुई चार दिन समय अहिले चाहिएको छ । जसपाले पनि भदौं १ र २ मा केन्द्रीय कमिटिको बैठक बोलाएको छ । शुरुमा उसको आधिकारिता विवाद थियो । त्यसका लागि केही दिन पर्खिन उसको देउवालाई आग्रह थियो । तर अहिले सबै आकांक्षी भएकाले सरकारका विषयमा निर्णय लिन उसलाई सकस परिरहेको छ ।

    शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.