काठमाडौं – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोपको लगाउन गृहकार्य भइरहेको भइरहेको बताएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले सरकारले बालबालिका र किशोर किशोरीका लागि मोर्डनाको कोरोनाविरुद्धको खोप ल्याउन लागेको बताएका छन् । उनले दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक रहेको पनि बताएका छन् ।
उनले लेखेका छन् – ‘सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौँ । किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं । दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो ।’
सरकारले बालबालिका र किशोर किशोरीलाई लगाउन मोर्डनाको कोरोनाविरुद्ध ४० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको छ । २०२२ मार्चसम्ममा उक्त खोप नेपाल आइपुग्ने बताइएको छ ।
नेपाल सरकारले खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको गरेको हो । सरकारले विश्व बैंकको आर्थिक सहयोगमा उक्त खोप खरिद गर्ने भएको हो ।
