काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई भेट गरेका छन् । शनिवार पूर्व कप्तान खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाल धन्यवाद र शुभकामना दिएका हुन् ।
आफुले पूर्व कप्तान खड्कालाई भेट गरेको बारे देउवाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । नेपालीले कहिल्यै नभुल्ने रोमाञ्चक जित र सबैलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा भेटको क्रममा पूर्व कप्तान खड्कालाई धन्यवाद दिएका देउवाले बताएका छन् ।
उनले लेखेका छन् – ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद।’
‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’
