काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो कुरा बताएका हुन् ।
उनले भने – ‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो। विकृति विसंगति धेरै कुरामा देखापरे’ उनले आफु पार्टीभित्र भइरहेको गलत प्रवृत्तिकाविरुद्ध निरन्तर संघर्ष गरिरहने बताए ।
गलत प्रवृत्तिका विरुद्ध नझुक्ने भन्दै नेता नेपालले आफुले त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम नगर्ने बताए । उनले वामदेव गौतमजस्तो न रुन सकिने न हाँस्न सकिने अपमान नसहने पनि बताए ।
