काठमाडौं – हाइटीमा शक्तिशाली भूकम्प गएको छ । शनिवार हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७।२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प जाँदा ठुलो मानविय र भौतिक क्षति भएको छ ।
भूकम्पका कारण ३ सय भन्दा बढीको मृत्यु भएको छ भने १८ सय बढी घाइते भएका छन् । शनिबार बिहान गएको उक्त भूकम्प ७।२ म्याग्निच्युडको रहेको बताइएको छ ।
भूकम्प जाँदा ठुलो क्षति भएपछि प्रधानमन्त्री एरियल हेनरीले देशमा अहिले आपतकाल घोषणा गरेका छन्। भूकम्प जाँदा धेरै संरचनाहरु भत्केका छन् । हाइटीमा सन २०१० मा पनि शक्तिशाली भूकम्प जाँदा लाखौँले ज्यान गुमाएका थिए
