• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने


  •   आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौँ : अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।

    अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट कान्तिपुरलाई टेलिफोनमा दिएको जानकारीअनुसार उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने भनेको छ । ‘यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेना फिर्ता भइसकेका छन्, हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन,’ दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डले भने ।

    अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूहरूलाई अमेरिकी दूतावासले फिर्ता पठाउन लागेको ती नेपाली सुरक्षाकर्मीले बताए । यसअघि नै अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका ‘सिभिलियन’ कामदारहरूलाई फर्काइसकेको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरूलाई कम्पनीले दुबई लगेर राखेको छ । ‘हामी काबुलबाट दुबई आएर होटलमा बसेको एक साता भयो,’ १० वर्षदेखि फ्लोर कम्पनीको व्यवस्थापनमा काम गरेका एक नेपालीले भने, ‘टिकट पाउने साथीहरू नेपाल पुगिसकेका छन् । टिकट नपाउनेहरू होटलमै बसिरहेका छौं ।’

    फ्लोर कम्पनीले जुलाई अन्तिमदेखि नै कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, ड्राइभरजस्ता क्षेत्रमा कार्यरत नेपालीलाई काबुलबाट बाहिर निकालिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत छन् ।

    उनीहरूलाई त्यहाँ पुर्‍याउने कम्पनीहरू एईजीआईएस एलएलसी, पेज प्रोटेक्सन सर्भिस, इन्टरनेसन डिपार्टमेन्ट अफ गोर्खा, सेवर इन्टरनेसनल, हार्ट, जिफोरएस र सिल्ड सेक्युरिटीलगायत हुन् । यी कम्पनीहरूले भने नेपाली सुरक्षा गार्डलाई उच्च सतर्कतामा राखिएको जनाएका छन् ।

    ‘विमानस्थल र दूतावासहरूको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्ड काबुलमै छन्,’ ती नेपालीले भने, ‘उनीहरूमाथि सुरक्षा खतरा परेमा सम्बन्धित दूतावासले नै तत्काल उद्धार गर्ने सूचना दिइएको छ । त्यसकारण उनीहरू ढुक्क भएर बसिरहेका छन् ।’ विमानस्थल र दूतावासका कूटनीतिज्ञ तथा कर्मचारीको सुरक्षामा खटिएका नेपालीको जिम्मेवारी रोजगारदाता कम्पनीले लिने नेपाली सुरक्षा गार्डहरूले बताए । ‘हामीलाई यहाँ जुन कम्पनीले खटाएको छ, त्यही कम्पनी र दूतावासले जिम्मेवारी लिनुपर्छ, अहिलेसम्म हामी आत्तिएका छैनौं । कम्पनीहरूले आपत्कालीन अवस्था आइपरेमा तुरुन्तै काबुल छोड्नुपर्ने भनेर सतर्क गराएका छन्,’ जिफोरएस कम्पनीमा एक दशकदेखि कार्यरत नेपाली सुरक्षा गार्डले कान्तिपुरसँग टेलिफोनमा भने, ‘हेर्दै जाऊँ कस्तो वातावरण बन्नेछ ।’

    अमेरिकी र नेटो सैनिकले अफगानिस्तान छाडेपछि तालिवानले सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण गर्दै विभिन्न सहर र क्षेत्रहरू कब्जा गर्न थालेपछि त्यहाँ हिंसा बढेको छ । श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार अहिले अफगानिस्तानमा १४ हजार ५ सय ६५ कार्यरत छन् । २०७८ वैशाखदेखि साउन २९ सम्म ३ सय ३० जना श्रम स्वीकृति लिएर अफगानिस्तान गएका छन् ।

    अफगानिस्तानमा अधिकांश नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत रहेको र उनीहरू शुक्रबार बेलुकीसम्म ‘ग्रिन जोन’ मा रहेको मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति नै नलिएर अन्य माध्यमबाट पनि नेपालीहरू गैरकानुनी रूपमा अफगानिस्तान गएका छन् तर त्यस विषयमा सरकारसँग तथ्यांक छैन । गैरकानुनी रूपमा अफगानिस्तानमा रहेका नेपालीको संख्या र अवस्थाबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै जानकारी दिएको छैन । नयाँदिल्लीस्थित नेपाली दूतावासले शुक्रबार अफगानिस्तानमा कामदार पठाउने कम्पनीहरूसँग त्यहाँ कति कामदार छन् र कसरी काम गरिरहेका छन् भन्ने विषयमा भुर्चअल्ली छलफल गरेको थियो ।

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तान हेर्ने जिम्मा पाएको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीसँग सम्पर्कमा गरेको जानकारी दिइन् ।

    ‘नेपालीलाई सरकारले तुरुन्तै उद्धार गर्नु उपयुक्त’

    अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा शनिबार बेलुकीसम्म कुनै समाचार बाहिर आएको छैन ।

    अफगानिस्तानमा रहेका नेपालीलाई सरकारले तुरुन्तै उद्धार गर्नुपर्ने परराष्ट्र विज्ञ दिनेश भट्टराईले सुझाव दिए । उनले नेपालीलाई त्यहाँ लाने कम्पनी र उनीहरू काम गरिरहेको संस्थासँग कुराकानी गरेर फिर्ता ल्याउने पहल गर्नुपर्ने बताए । ‘छिटो गर्नुपर्‍यो, नत्र ढिलो हुन सक्छ किनकि त्यहाँ द्वन्द्व बढिरहेकै छ,’ उनले भने ।

    अर्का परराष्ट्र मामिलाविज्ञ राजन भट्टराईले सरकारले यसअघि कोभिड–१९ संक्रमणका बेला चीनको बुहान र सन् २०१६ मा अफगानिस्तानमा बम विस्फोट हुँदा नेपाल सरकारले आफ्ना नागरिकलाई फर्काएको उल्लेख गर्दै अहिले पनि नेपालीलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने बताए । ‘अहिलेको अवस्थामा सरकारको ध्यान आन्तरिक राजनीतिमा भन्दा नेपालीको ज्यान जोगाउनका लागि हुनु आवश्यक छ,’ उनको सुझाव छ ।

    यो समाचार आजको कातिन्पुर दैनिकमा प्रकाशित छ ।

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.