काठमाडौं – अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेका छन् । अफगानिस्तानको मुख्य शहर कब्जा गर्दै आइतबार बिहान विद्रोही संगठन तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले देश छोडेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको बताइएको छ । आफुले देश छाडेपछि राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको रोयटर्सले जनाएको छ ।
अहिले उनी अफगानिस्तानबाट ताजकिस्तान पुगेको बताइएको छ । यस्तै बीबीसीका अनुसार घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि देश छाडेको बताइएको छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएको छ ।
