काठमाडौं – गए राति जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा बोरुसिया डर्टमण्डले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बोरुसिया डर्टमण्डले फ्रान्कफर्टलाई ५-२ गोलले पराजित गरेको हो ।
नयाँ सिजनमा एर्लिङ हालाण्डको गोलको सहायताले डर्टमण्डले सानदार शुरुवात गरेको छ । खेलमा डर्टमण्डका लागि हालाण्डले दुई गोल गरेका थिए भने मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक एक गोल गरेका थिए ।
यस्तै डर्टमण्डका फेलिक्सले एक गोल आफ्नै पोष्टमा गरे । यस्तै फ्रान्कफर्टका जेन्स पिटरले एक गोल गर्न सके । खेलमा हालाण्डको निकै राम्रो प्रदर्शन थियो ।
