काठमाडौं । नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।
आइतबार पोखरेल निवास धुम्वाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो । महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
‘उहाँहरुबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।
दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट निरन्तर पार्टी एकताका लागि अध्यक्ष ओली पक्षका नेताहरुसँग संवादमा छन् ।
