• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा मालपोत ,नापी कार्यालय ,यातायात ,जिल्ला प्रशासन कार्यालयको नियमित सेवा बन्द, भदौ १० गते सम्म निषेधाज्ञा लम्बियो


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • चितवन : चितवनमा जारी निषेधाज्ञा थप कडाईका साथ भदौ १० गते राति १२ बजेसम्मका लागी थपिएको छ ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्ति जारी गर्दै भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको हो । नयाँ भेरियन्ट सहितको कोभिड ९१ ९को संक्रमणको जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा थप कडाइ गरिएको प्रशासनले जनाएको छ ।

    चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड -१ ९ को संक्रमण दर यस जिल्लामा निरन्तर बढ्दै गएको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संकामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०४।३२ गते राति १२:०० बजे देखि मिति २०७४।०५।१० गते राति १२:०० बजेसम्म चितवन जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा आदेशलाई निरन्तरता दिइएको व्यहोरा अनुरोध छ । यो आदेशको उल्लघंन गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

    क ) अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कने । अत्यावश्यक काम परी निस्कनै पर्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने , भौतिक दुरी कायम गर्ने तथा भिडभाड नगर्ने नगराउने ।

    ख ) संचालन गर्न नपाइने सेवा तथा कार्य :

    •  भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा , सम्मेलन , प्रदर्शन , भेला , सेमिनार , तालिम जावा , महोत्सव सञ्चालन ।
    •  जिल्ला स्थित सरकारी कार्यालयहरू मध्ये बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय , मालपोत कार्यालयहरु , नापी कार्यालयहरु र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक नियमित सेवाप्रवाह स्थगन गर्ने ।
    •  सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , फिटनेस सेन्टर , जिमखाना , ठेला तथा फुटपाथ पसल , स्पा , स्वीमिङ्ग पुल , सपिङमल , मनोरजनस्थल , स्ट्रिटफुड पसल , ब्युटी पार्लर तथा सैलुन सञ्चालन ।
    •  विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन लगायतका शैक्षिक गतिविधि सञ्चालन ।
    • मठ , मन्दिर , मस्जिद , गुम्बा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक मनिसहरु समूहमा जम्मा । भेला भई गरिने अन्य धार्मिक , साँस्कृतिक एवं सामाजिक गतिविधि ।

    ग ) संचालन गर्न पाइने सेवा तथा कार्य :

    •  औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल एग्रोभेट तथा भेटेरीनरी औषधि पसल , बीउविजन , रासायनिक मल पसल , पेट्रोल पम्प र मोटर वर्कसप सञ्चालन ।
    •  स्थानीय तह लगायत जिल्ला स्थित सबै सरकारी कार्यालयहरुले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी संक्रमणको जोखिम र भिडभाडको अवस्थाको विश्लेषण गरी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई सेवा प्रवाह गर्ने ।
    •  खाद्यान्न , तरकारी , फलफूल , दूध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , खाना पकाउने ग्याँस सम्बन्धी पसल , पूजा सामग्री पसल दैनिक बिहान १०.०० बजेसम्म सञ्चालन गर्न पाइने ।
    •  इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल , भाँडा पसल , कपडा पसल , फेन्सी पसल , कस्मेटिक तथा गिफ्ट पसल , सुनचाँदी पसल , फर्निचर तथा फर्निसिङ , अटोमोबाइल , मोटरपार्ट्स , जुत्ता चप्पल , टेलरिङ , पुस्तक तथा स्टेशनरी , निर्माण सामग्री लगायतका अन्य व्यापारिक पसल आइतबार , मंगलबार र विहिबार दिउसो १२:०० देखि साँझ ६:०० बजे सम्म सञ्चालन गर्न पाइने ।
    • खाजा घर , रेष्टुरेण्ट र मिठाई पसलहरु दैनिक दिउसो १२:०० बजे देखि बेलुकी ६:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने ।
    • जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक तथा वित्तीय संस्था , सहकारी , विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने तर वित्तीय तथा सहकारी संस्थाबाट घरदैलोमा गई रकम संकलन तथा समूह भेला सञ्चालन गर्न नपाइने ।
    • उद्योग / कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
    •  होटेल / लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंकमण ( disinfection ) गर्ने ।

    घ ) संचालन गर्न पाइने सवारी साधनहरु :

    १. अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु , सरकारी कार्यालयका सवारी साधनहरु , खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु , मालवाहक सवारी साधनहरु , सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।

    २. समाचार संकलन / संप्रेषणका लागि परिचय पत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

    ३. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।

    ४. राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।

    ५. जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधनमा देहायका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने :

    •  सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
    • सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
    • मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
    • चालक र सहचालकले अनिवार्य मास्क लगाउने ।
    • सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने ।
    • सवारी साधन दैनिक निसंक्रमण ( disinfection ) गर्ने ।

    ६. यस जिल्लाबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा माथि ५ नं बुंदामा उल्लेखित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने / गराउने गरी अत्यावश्यक प्रयोजनमा सम्वन्धित यातायात व्यवसायी संघ / समितिको सिफारिस एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सीमित संख्यामा संचालन गर्ने ।

    ङ ) संक्रमण दर घट / बढ भएमा यस आदेशमा भएका व्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ । च ) सम्बद्ध सबै पक्षको सहयोग तथा समन्वयमा ” मास्क अभियान ” प्रभावकारी रूपमा सञ्चालन गर्ने ।

    छ ) साथै उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा आवश्यक सहयोग , समन्वय तथा सहजीकरण हुन सम्बद्ध सबै सरोकारवाला तथा आम चितवनबासी दिदीबहिनी तथा दाजुभाइ समक्ष हार्दिक अनुरोध छ ।

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.