रत्ननगर : रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन रत्ननगर नगरपालिका सहमत भएको छ ।
यसअघि रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विधालयलाई पत्र पठाएको थियो । यता स्थानिय विपन्न,जनजाति,आदीवासी,सुकुम्बासी,दलित,गरिव एवं उत्पीडीत वर्ग शिक्षाको ज्योतिबाट बञ्चित गर्न खाजेको भन्दै स्थानिय आन्दोलित वनेका थिए ।
यसै विषयमा स्थानिय राजनैतक दल , विधार्थी संगठन , नगर स्तरिय राजनैतिक दलको संयुक्त छलफलमा रत्ननगर नगरपालिकाका मेयर नारायण वन आफ्नो निर्णयवाट पछि हट्न वाध्य भएका छन ।
सोमवार नगरपालिकामा छुट्टाछुटै वसेको वार्ता पछि नगरपालिकाले विधालयको कक्षा ११ र १२ लाई निरन्तरता दिन सहमत भएको छ । सहमति हुन अगाडीे मेयरको कार्यकक्षमा सोमबार नै संयुक्त विधार्थी संगठनको तर्फवाट ताला वन्दि समेत गरेका थिए ।
कक्षा सञ्चालनलाई निरन्तरता दिने सहमति भएको वार्ता टोलिमा सहभागि नेकपा ९माओवादी केन्द्र० रत्ननगरका अध्यक्ष ओम लामिछानेले वताएका छन ।विधालयले आन्तिरक रुपमा विधार्थी भर्नालाई निरन्तरता दिने र भदौ १० गते वस्ने नगरवोर्ड वैठक पछि लिखित पत्र पठाउने सहमति भएको उनले वताए ।
सोमबार भएको बैठकमा राजनैतिक दलका तर्फवाट नेपाली काँग्रेस नगर सभापति रुपन राज घिमिरे, ने।क।पा। ९माओवादी केन्द्र०का नगर ईन्चार्ज राजु अमगाई ,ने।क।पा। ९माओवादी केन्द्र०का नगर अध्यक्ष ओम लामिछाने , ने।क।पा। एमालेका बद्री घिमिरे,स्थानियको तर्फवाट मेघनाथ पौडेल, विष्णुहरि देवकोटा वार्तामा टोलिमा सहभागी हुनु भएको थियो । त्यस्तै संयुक्त विधार्थी संगठनको तर्फवाट नेपाल विधार्थी संगठनका नगर सभापति कल्याण अर्याल, अखिल क्रान्तिकारीका नगर संयोजक चोक वहादुर गुरुङ्ग, नगर फ्याक्सन ईन्चार्ज दयाराम पौडेल लगायतको उपस्थिती रहेको थियो ।
