• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कांग्रेसको दोस्रो पुस्ता भन्छ : १५ औं महाधिवेशनमा पार्टी हाम्रै हो


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले १४ औं महाधिवेशनमा जुनसुकै समूहबाट प्रतिस्पर्धा गरेपनि पार्टी हित र आपसी हार्दिकता नबिगार्ने सहमति गरेका छन् । केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीको संयोजनमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक आचरणयुक्त बनाउनेमा जोड दिएको हो ।

    Advertisement

    बैठकमा कांग्रेस केन्द्रीय समितिका ३० जना केन्द्रीय सदस्यहरु उपस्थित थिए । बैठकमा सबैजसो युवा नेताहरुले १४ औं महाधिवेशनमा बढीभन्दा बढी युवा नेतृत्व स्थापित गर्ने र १५ औं महाधिवेशनबाट पार्टीको मूल नेतृत्व लिनुपर्नेमा जोड दिए ।

    बैठकको संयोजन गरेका केन्द्रीय सदस्य भण्डारीले गुटभन्दा माथि उठेर कांग्रेसको हित प्रबर्धनका लागि छलफल गरिएको बताए । ‘हिजो आन्दोलनमा जेल बस्दा, सत्ताको कुटाई खाँदा हामीलाई गुट चाहिएन । अहिले कोही व्यक्तिलाई सत्तामा पुर्याउन किन गुटबन्दी गर्ने ? हाम्रो निष्कर्ष भनेको यो महाधिवेशनमा पार्टीको सबै तहमा दोस्रो पुस्तालाई हावी गराउने र १५ औं महाधिवेशनट पार्टीको नेतृत्व लिने भन्ने नै हो’, भण्डारीले नेपाल प्रेससंग भने । उनले महाधिवेशनमा आपसी प्रतिस्पर्धालाई सद्भावपूर्ण, समन्वयपूर्ण र विवेकपूर्ण बनाउन सबै सहमत रहेको पनि बताए ।

    बैठकमा सहभागि केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसलाई समग्रतामा एकतावद्ध बनाउने र महाधिवेशनलाई सफल पार्नेमा छलफल केन्द्रीत रहेको बताए । ‘हामीले पार्टीका समग्र विषयमा छलफल गरेका छौं । पार्टीमा हाम्रो पुस्ताको भूमिका प्रभावकारी बनाउने बारेमा छलफल गरेका छौं । हाम्रा बीचमा भएको मतभेद र अन्तरलाई घटाउँदै लैजानेबारे साझा धारणा बनाउन सबैले प्रयास गर्न चाहेका छौ’, साउदले नेपाल प्रेससंग भने ।

    केन्द्रीय सदस्य दीपक गिरीले लामो समयपछि पार्टीका केन्द्रीय सदस्यहरुबीच समसामयिक विषयमा छलफल भएको बताए । ‘हामीले व्यक्तिगतभन्दा पार्टीको स्वार्थमा केन्द्रीत रहेर छलफल गर्यौ । पार्टीलाई प्रभावकारी बनाउने र हाम्रो पुस्ताको सकरात्मक भूमिका बढाउनेबारे संवाद भएको छ’, गिरीले नेपाल प्रेससंग भने । उनले देशभरका कांग्रेस कार्यकर्तामा उत्साह भर्न नेताहरुमा एकता र सौहार्दता बढ्नुपर्नेमा जोड दिए ।

    केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीमा कसलाई नेता बनाउने भन्दापनि कस्तो कांग्रेस बनाउने भन्नेमा छलफल भएको बताए । ‘यो कसैलाई नेता बनाउन छलफल गरेको होइन । कांग्रेसलाई कसरी सफल बनाउने, कांग्रेस नेतृत्वको सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर जुटेका हौ । हाम्रो उद्देश्य कांग्रेस बलियो बनाउने हो’, यादवले नेपाल प्रेससंग भने ।

    बैठकमा अधिकांश नेताले आ-आफ्नो गुटमा लागेका कारण साझा विषयमा छलफल गर्न नपाइएको व्यंग्य समेत गरेका थिए । युवा नेताको नाममा अलग-अलग समूह बनाएर हिड्ने चलनले पार्टीभित्र दोस्रो पुस्ताको भूमिका अझ कमजोर रहेको धारणा बैठकमा व्यक्त भयो । ‘कहिले ७ जना कहिले ८ जना युवा भएर हिड्ने कुराले न परिणाम दियो न त सबैको विषय नै समेट्यो । आजको छलफलले दायरा बढाएको छ । अब पार्टीको निर्णय प्रक्रियामा प्रभाव पार्न सक्नेगरी अगाडि बढ्ने हो भने ठीक छ, भोटका लागि मात्रै हो भने युवा भन्नुको अर्थ छैन’, बैठकमा सहभागि केन्द्रीय सदस्य सीता गुरुङले भनिन् ।

    बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा क्रियाशील सदस्यताको विवाद समाधान, महाधिवेशन कार्यतालिका कार्यान्वयन, लोकतान्त्रिक अभ्यास र सरकारलाई सफल बनाउने लगायत विषयमा छलफल भएको थियो । कांग्रेससामु संवैधानिक , कोभिडजन्य र आन्तरिक चुनौती रहेको भन्दै युवा नेताहरुले महाधिवेशन कार्यतालिका पूर्ण कार्यान्वयनका लागि सहकार्य गरिने समेत बताएका छन् ।

    बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउद, भीष्मराज आङदाम्बे, दीपक गिरी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, गगन थापा, बद्री पाण्डे, सीता गुरुङ, श्याम घिमिरे, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, किरण यादव, सरिता प्रसाई लगायत उपस्थित थिए । बैठक भोली पुनः बस्नेछ

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.